मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सिद्धार्थ ग्रुपमा छुट पाउने

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सिद्धार्थ ग्रुपमा छुट पाउने

अर्थ डबली
शुक्रवार, फागुन २१ २०७७
अर्थ डबली
शुक्रवार, फागुन २१ २०७७ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सिद्धार्थ ग्रुपमा छुट पाउने

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडका भिषा डेविट कार्डवाहक ग्राहकहरुले सिद्धार्थ ग्रुपमा छुट पाउने भएका छन् । बैंकले सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नका लागि उक्त सम्झौता गरेको हो । 

    images
    images

    यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।

    विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

    त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । 

    साताको लोकप्रीय