अर्थमन्त्रालयले राजस्व व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउँदैछ  ? पढ्नुस् १५ बुँदामा

अर्थमन्त्रालयले राजस्व व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउँदैछ  ? पढ्नुस् १५ बुँदामा

अर्थ डबली
आइतवार, फाल्गुण २३ २०७७
अर्थ डबली
आइतवार, फाल्गुण २३ २०७७ (अर्काइभ बाट)
  • अर्थमन्त्रालयले राजस्व व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउँदैछ  ?  पढ्नुस् १५ बुँदामा

    काठमाडौं/  सरकारले चालु आर्थिक वर्ष २०७७ / ७८ को ६ महिनामा विकास निर्माणमा नतिजा उत्कृष्ट नदेखिएपछि अर्थमन्त्रालयले प्रमुख सम्पादन गर्नै पर्ने कार्यतालिकाको सूचि अन्तर्गत विषयहरु अघि सारेको छ । तथा राजस्व संकलनमा पनि समस्या देखिएपछि अर्थमन्त्रालयले अघिल्ला बर्षहरुमा भन्दा थप रणनीतिहरु अघि सारेको हो । 

    images
    images

    राजश्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चालु आर्थिक वर्षको बाँकी अवधिमा समपदन गर्नुपर्ने कार्यहरु तोकेको हो । अर्थमन्त्रालयले बजेट समिक्षा गर्दै आफ्नो सन्दर्भ पुस्तकमा उक्त विषयहरु करिब १५ बुँदाहरुमा  उल्लेख छ । 

    कतिपय विषय अघिल्लै वर्षका दोहोरिएका छन् । बाँकी अवधिमा कार्य सम्पादन चुस्त बनाउन काम कारवाहीको सीमा राखेको अर्थमन्त्रालयले जनाएको छ ।

     चालु आर्थिक वर्षमा लिईएका राजस्व नीति तथा कार्यक्रम सम्बन्धी एन व्यवस्थाको प्रभावकारीता बढाउने अभिलेख प्रणालीमा सुधार गर्दै वायोमेट्रिक प्रणालीमा आवद्ध हुने जस्ता महत्वाकांक्षी सम्पादन गर्नैपर्ने कार्यहरु तोकेको छ ।  

    राजस्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउन चालु आर्थिक वर्षको  बाँकी अवधिमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरु यस्ता छन् 

     

    १. वैकल्पिक र विशेष कार्ययोजना बनाई वार्षिक लक्ष्य हासिल हुनेगरी कार्यसम्पादन  गर्ने । चालु आर्थिक वर्षमा लिइएका  राजस्व नीति तथा कार्यक्रम एवम् आर्थिक ऐन, २०७७ ले व्यवस्था गरेका स्कीमहरुको प्रभावकारी  कार्यन्वयन  गर्ने  । 

    २. करदाता दर्ता तथा अभिलेख प्रणालीमा सुधार गरी बायोमेट्रिक प्रणालीमा आवद्ध गर्ने । 

    ३. कर छली तथा चुहावट नियन्त्रण  गर्ने / कराधार फराकिलो  बनाउने । बजार अनुगमन कार्यलाई थप प्रभावकारी  बनाई राजस्व छली तथा चुहावटलाई  नियन्त्रण गर्ने  ।

    ४. व्यवसायिक कारोबारमा  विद्यूतीय विलिङ प्रणालीलाई प्रवर्दन गरी सोको नियमित  अनुगमन गर्ने व्यवस्था मिलाउने । 

    ५. आन्तरिक राजस्व विभागको  क्ष्लतभनचबतभम त्बह कथकतझ र ऋभलतचब िद्यष्ििष्लन ःयलष्तयचष्लन क्थकतझ  को क्षमता अभिबृद्धि गरी भन्सार  विभाको ब्कथ्क्ग्म्ब् ध्यचमि क्थकतझ र राजस्व अनुसन्धान विभागको ख्भजष्अभि बलम ऋयलकष्नलmभलत त्चबअपष्लन क्थकतझ प्रणालीसँग अन्त आबद्धता गरी एकिकृत करदाता सूचना प्रणालीको  विकास गर्ने । 
     

    ६. कर परीक्षण  विस्तृत अनुसन्धान, चालु वर्षको कर परीक्षण, मौज्दात परीक्षण, अग्रिम करकट्टीको परीक्षणलाई सूचनामा आधारित र गुणस्तीय बनाउने । 

    ७. प्रशासकीय पुनरावलोकनका लागि प्राप्त  निवेदनहरु उपर ऐनद्धारा निर्धारित समयभित्रै निर्णय  गर्ने व्यवस्था  मिलाउने । 

    ८.  विगतमा कर परीक्षण तथा अनुसन्धानका लागि छनौट भएका करदाताहरुको कर कानूनले तोकेको म्यादभित्र पुनः कर निर्धारण संसोधन कर निर्धारण सम्पन्न गर्ने व्यवस्था मिलाउने । 

    ९. अन्तः शुल्कजन्य बस्तु उत्पदान तथा विक्री  वितरण गर्ने प्रतिष्ठान तथा बजारमा नियमित अनुगमन गरी अन्तशुल्क चुहावट तथा अवैध मदिरा नियन्त्रण गर्ने अन्तः शुल्क स्टीकर आपूर्तिको वैकल्पिक व्यवस्था गरी नियमित बनाउने । 

    १०. आरम्भ गरिएको ल्भउब िल्बतष्यलब िक्ष्लनभि ध्ष्लमयध लाई पूर्णरुपमा कार्यन्वयन गर्ने । भन्सार जाँचपास पूर्ण  रुपमा जोखिम व्यवस्थापनमा आधारित बनाउने ।  भन्सारमा मालबस्तुको स्पष्ट घोषणा गराइ मालबस्तुको मूल्याङ्कनलाई यथार्थपरक बनाउने । 

    ११. एजेन्टको संख्या थप गर्न नयाँ भन्सार एजेन्ट नियूक्त गर्ने प्रकृया थालनी गर्ने । 

    १२. प्रहरी प्रशासनसँगको समन्वयमा सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी पैठारी नियन्त्रण तथा वैध व्यापारलाई प्रोत्साहन गर्ने । 

    १३. छोटी भन्सारको संख्या पुनरावलोकन गर्ने र तिनलाई थप व्यवस्थित बनाउने । 

    १४. भन्सार घोषणा र जाँचपासमा क्ष्लनभि ऋयलकष्नलmभलत को अवधारणालाइ कार्यान्वयनमा ल्याउने । 

    १५. बेरुजू फछर्यौट तथा बक्यौता असुलीको कार्यलाई प्रभावकारी बनाउने सम्बन्धित अधिकृत र कार्यलय प्रमुखलाई जिम्मेवार बनाउने । 

     

    साताको लोकप्रीय