दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतसँगको भेटमा उद्योग परिसंघले राख्यो यस्ता विषयहरु 

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतसँगको भेटमा उद्योग परिसंघले राख्यो यस्ता विषयहरु 

अर्थ डबली
आइतवार, फागुन २३ २०७७
अर्थ डबली
आइतवार, फागुन २३ २०७७ (अर्काइभ बाट)
  • दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतसँगको भेटमा उद्योग परिसंघले राख्यो यस्ता विषयहरु 

    काठमाडौं / दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारी बीच आज परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ । 

    images
    images

    छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाए । उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने बाह्रवटा मूलुकहरुमा व्यापार तथा लगानीका सम्भाव्यताहरुको पहिचान गरी नेपालसँगको व्यापार प्रवद्र्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताए । 

    दक्षिण अफ्रिकी मूलूकहरुमा रहेका उद्योग व्यवसायसँग आवद्ध संस्थाहरुको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवद्र्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने बताए । 

    छलफलमा बोल्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखि कुटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवद्र्धन गर्न विशेष पहल गर्नु पर्ने बताएका छन् । 

    दुतावासहरुले नेपालको उत्पादनहरुलाई प्रदर्शन गर्नको लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन राजदूत विश्वकर्मालाई अनुरोध गरे । 

    अध्यक्ष मोरले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, उनिकपडाहरु लगायतका उत्पादनहरुलाई निर्यात गर्नको लागि पहल गर्नु पर्ने धारणा  राखे । 

    स्वदेशमानै औद्यागिकरणको माध्यमबाट रोजगारी सृजना गर्ने र लगानीमैत्री वातावरण तयार गर्नको लागि परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मूलकबाट पनि लगानी भित्र्याउन सकिने बताए । 

    यसकोलागि परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिका बीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको जानकारी गराए ।

    राजदूत विश्वकर्मासँगको छलफलमा परिसंघका उपाध्यक्षहरु राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे र परिसंघ प्रदेश दुईका संयोजक नरेश दास लगायतको उपस्थिति थियो । 

    साताको लोकप्रीय