काठमाडौं/ बैंक अफ काठमाण्डू लिमिटेडले विभिन्न बससेवाहरुमा क्यूआर कोड सेवा विस्तार गरेको छ ।
बैंकले आफ्नो डिजिटल कारोबार क्यूआर कोड विस्तार गर्ने क्रममा बससेवाहरुमा पनि उपलब्ध गराएको हो ।
बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा सङ्कलन गर्न क्यू आर कोडको सेवा आज २८ गते बिहिबारदेखि शुरु गरेको हो ।
उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यू आर कोड हस्तान्तरण गरेका हुन् ।
अब पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि ईटहरी हुंदै बिराटनगर र धरानसम्म यात्रा गर्ने यात्रुहरुले बसमा राखिएको बैंकको क्यू आर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् ।
साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि ईटहरी हुंदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अबदेखि यस बससेवा प्रयोग गर्ने सम्पूर्ण यात्रुहरुले क्यूआरकोड स्क्यान गरी डिजिटल प्रविधिबाट गाडी भाडा दिन सक्नेछन् ।
साथै,यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि इटहरी हुंदै बिराटनगर र धरानसम्म सञ्चालन हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल प्रविधिबाटै भाडा भुक्तानी तिर्न सक्नेछन् ।
सेवाग्राहीहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा दिइएको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडबारेः
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको ।
उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैंकले दावी गर्दछ । बैंक अफ काठमाण्डूले आफ्ना शाखा कार्यालयहरुलाई परिचालन गरी देशका विभिन्न ब्यापारीक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबार गर्न ग्राहकहरुलाई उत्प्रेरित गरीरहेको बैंकले जनाएको छ ।