शरीरमा यी लक्षण देखिए हुनसक्छ चाडैँ मृत्युको सङ्केत, डाक्टरहरूले दिए यस्तो चेतावनी 

शरीरमा यी लक्षण देखिए हुनसक्छ चाडैँ मृत्युको सङ्केत, डाक्टरहरूले दिए यस्तो चेतावनी 

अर्थ डबली
आइतवार, भाद्र १३ २०७८
अर्थ डबली
आइतवार, भाद्र १३ २०७८ (अर्काइभ बाट)
  • शरीरमा यी लक्षण देखिए हुनसक्छ चाडैँ मृत्युको सङ्केत, डाक्टरहरूले दिए यस्तो चेतावनी 

    शरीरमा महसुस हुने हरेक सानो परिवर्तन मानिसको चाडैँ मृत्यु हुने सङ्केत हुनसक्छ ।  डाक्टरहरु चेतावनी दिन्छन् कि यो प्रत्येक मानवका लागि यी संकेतहरुलाई बुझ्न महत्वपूर्ण हुन्छ। ताकि उनीहरुलाई समयमै नियन्त्रण गर्न सकियोस्।

    images
    images

    एक अध्ययनका अनुसार शोधकर्ताहरूले दाबी गरेका छन् कि चाडैँ मृत्यु हुने सङ्केत १० बर्ष पहिले नै देखा पर्न सक्छ । घुम्ने, फिर्नेदेखि लिएर शरीरको हरेक गतिविधबाट तपाई यसलाई पहिचान गर्न सक्नुहुन्छ । 

    ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित यस अध्ययनको आधारमा, विशेषज्ञहरु भन्छन्, ‘फिजिकल मोटर फङ्सन’मा गिरावट मृत्युको बढ्दो जोखिमसँग जोडिएको हुन्छ । 

    विशेषज्ञहरु भन्छन् कि यी संकेतहरु एक व्यक्तिको कुर्सीबाट उठ्ने गतिको हिड्ने गति वा कमजोर ग्रिप स्ट्रेथ (पकड)को माध्यमबाट पहिचान गर्न सकिन्छ। प्रारम्भिक चरणमा उनीहरुको पहिचान गरेर, तपाइँ उनीहरुलाई रोक्न सक्नुहुन्छ।

    विशेषज्ञकाअनुसारका यो अनुसन्धान ३३ बर्षदेखि ५५ बर्षसम्मको उमेरका ६००० स्वयंसेवकहरुमा गरिएको अध्ययनमा आधारित रहेको थियो । यसपछि २०७७ र २०१६का बीच यी सहभागीहरुलाई तीन अलग अलग समयमा शारीरिक मुल्याङ्कन पनि गरिएको थियो । 

    यसमा सरल कार्यहरु जस्तै हिड्ने गति, कुर्सीबाट उठ्नको लागि लाग्ने समय,ग्रिप स्ट्रेथ समेत ड्रेसिंग, शौचालयको उपयोग, खाना पकाउने वा ग्रोसरी सपिङ जस्ता केही सरल काम सहभागी गराइएको थियो । यसमा २०१९ सम्म कुनै पनि कारणले हुने मृत्यु  रेकर्ड गरिएको थियो।

    अध्ययनले पत्ता लगायो कि शारीरिक मोटर फङ्सनको लेभलमा कमि हुने मानिसको चाडै मृत्यु हुने सम्भावनासँग सम्बन्धित छ। रिपोर्टका अनुसार २०१९ सम्म मर्ने स्वयंसेवकहरुको मृत्यु हुनु भन्दा १० बर्ष अघिसम्म कुर्सी बाट उठ्ने गति बाँचेका मानिसहरु भन्दा कम थियो।

    यति मात्रै होइन, मरेका स्वयंसेवकहरु जीवित रहेकाहरुको तुलनामा मृत्यु भन्दा चार बर्ष अगाडीसम्म आफ्नो ‘दैनिक जीवन बिताउने गतिविधिहरु’मा बढी कठिनाई महसुस गर्थे। यस अवधिमा मरेका स्वयंसेवकहरुको कठिनाइहरु बढ्दै गएको पाइएको थियो । 

    शोधकर्ताहरुले पत्ता लगाए कि ढिलो हिड्ने गतिमा हिड्ने स्वयंसेवकहरुको चाडैँ मृत्युको २२ प्रतिशतमा देखिएको थियो। १५ प्रतिशतमा कमजोर ग्रिप स्ट्रेथ र १४ प्रतिशत केसमा कुर्सीबाट उठ्ने गति स्लो थियो । 

    त्यस्तै, दैनिक लिभिङ एक्टिभिटिजहरुमा कठिनाईहरुमा मृत्युको ३० प्रतिशत मामला जोडिएको थियो । विज्ञहरुका अनुसार यी चेतावनी संकेतहरु समयसँगै अझ गम्भीर बनिरहेका छन्।

    साताको लोकप्रीय