Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

ओलीले अध्यादेश फिर्ता नलिनुमा देउवाको भूमिका शंकास्पद


२०७७ पौष, ४ शनिवार
  • 4.1K
    SHARES

  • ओलीले अध्यादेश फिर्ता नलिनुमा देउवाको भूमिका शंकास्पद

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुनेसक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

    images

    उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन दिउँसो माइतीघर पुगेका पौडेल त्यहीँबाट दाहाल र नेपालसँग भेट्न कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार दाहाल–नेपालले काँग्रेस सभापति देउवाको भूमिका शंकास्पद रहेको भनाइ पौडेलसँग राखेका थिए ।

    प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेलगत्तै बसेको पहिलो बैठकबाट अख्तियारलगायत आयोगहरुमा पदाधिकारी सिफारिस गरिएको र संसदीय सुनुवाइ समितिबाट पारित हुने निश्चित नभएपछि सार्वजनिक नगरिएको बुझाइ दाहाल–नेपाल पक्षको थियो । 

    ‘ओलीले अध्याधेश फिर्ता नलिएपछि हामीलाई देउवाजीको भूमिकामा पनि आशंका छ,’ दाहाल–नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी कतिसम्म अघि बढ्छन् थाहा छैन तर पछि हट्ने संकेत देखिएको छैन ।’

    आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images