नीतिगत बहस र निर्माणमा राष्ट्रका प्राथमिकता भएन, स्टेक होल्डर्सका स्वार्थ हावी हुँदै गयो – डा. सूर्यराज आचार्य 

नीतिगत बहस र निर्माणमा राष्ट्रका प्राथमिकता भएन, स्टेक होल्डर्सका स्वार्थ हावी हुँदै गयो – डा. सूर्यराज आचार्य 

अर्थ डबली
मंगलवार, चैत ३ २०७७
अर्थ डबली
मंगलवार, चैत ३ २०७७ (अर्काइभ बाट)
  • नीतिगत बहस र निर्माणमा राष्ट्रका प्राथमिकता भएन, स्टेक होल्डर्सका स्वार्थ हावी हुँदै गयो – डा. सूर्यराज आचार्य 

    काठमाडौं / मुलुकमा पछिल्लो समय नीतिगत बहस र नीति निर्माणमा राष्ट्रका प्राथमिकता पाउन छोडेको छ । व्यक्ति हावी हुने, वा स्वार्थका गुटहरुले आफ्नो स्वार्थ लाद्न खोज्दा मुलुकको समृद्धि र विकास निर्माणका कुरा ओझेल पर्न थालेको छ । 

    images
    images

    पूर्वाधार विज्ञ तथा लेखक डा. सूर्यराज आचार्यले यहि विषयलाई उठान गर्दै राजनीतिक खिचातानी र स्टेक होल्डर्सको स्वार्थ हावी हुँदा मुलुकलाई असर पर्दै गएको संकेत गरेका छन् । 

    उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटमार्फत मुलुकप्रति चिन्ता गर्ने मान्छे हराउँदै गएको नेतृत्वको साँघुरो स्वार्थ हावी भएकोतर्फ लक्षित गरेका छन् । दलका सांसद र नेताको नीति निर्माणमा न्यून भुमिका भएको बताएका छन् ।

     चल्तीको राजनीति नीति बिनाको राज मात्र भएको उनले दुखेसो गरे ।  समयमै नेताले राजनीति गर्नुका साथै बुझ्ने कोसिस गर्न सुझाव समेत दिएका छन् । 

    साताको लोकप्रीय