बेरुजु फर्स्योटमा  उल्लेखनीय कार्य गर्नेलाई गृहमन्त्रालयले दियो पुरस्कार र प्रशंसापत्र

बेरुजु फर्स्योटमा  उल्लेखनीय कार्य गर्नेलाई गृहमन्त्रालयले दियो पुरस्कार र प्रशंसापत्र

अर्थ डबली
आइतवार, चैत ८ २०७७
अर्थ डबली
आइतवार, चैत ८ २०७७ (अर्काइभ बाट)
  • बेरुजु फर्स्योटमा  उल्लेखनीय कार्य गर्नेलाई गृहमन्त्रालयले दियो पुरस्कार र प्रशंसापत्र

    काठमाडौं/  गृह मन्त्रालयले बेरुजु फर्स्योटमा उल्लेखनीय कार्य गर्ने गृह मन्त्रालय र मातहतका निकायका अधिकारीलाई आज  आइतबार पुरस्कारसहित प्रशंसापत्र दिईयो । 

    images
    images

    गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहमन्त्री रामबहादुर थापाले बेरुजु फस्र्योटमा उत्कृष्ट कार्य गरेको उल्लेख गर्दै गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो । मन्त्रालयले उनीहरुलाई नगद रकमसमेत प्रदान गरेको थियो ।

    गृह मन्त्रालय र मातहतका निकायको आव २०७५ / ७६ र आव २०७६ / ७७ मा कूल रु दुई अर्ब १६ करोड ५७ लाख बेरुजु रहेकोमा २०७७ असार मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ४७ लाख बेरुजु फ्र्स्योट भएको छ । 

    यो कूल बेरुजुको ७६ दशमलव ८७ प्रतिशत हो । प्राप्त विवरणअनुसार गृह मन्त्रालयले ७६ दशमलव ८७ प्रतिशत बेरुजु फर्स्योट गरेको छ । यस्तै प्रहरी प्रधान कार्यालयले ९१ प्रतिशत, सशस्त्र प्रहरी बल नेपालले ६१ दशमलब ९२ प्रतिशत बेरुजु फस्र्योट गरेको छ ।

    यस्तै बेरुजु फस्र्योटमा उत्कृष्ट कार्य गर्ने तीन जिल्ला प्रशासन कार्यालयलाई सम्मान गरिएको छ । जसअन्तर्गत नुवाकोट प्रशासनले सबैभन्दा बढी ९९, काठमाडौँले ९४ र काभ्रेपलाञ्चोकले ६१ प्रतिशत बेरुजु फस्र्योट गरेको गृह मन्त्रालयले जनाएको छ । 

    साताको लोकप्रीय