नेपालको सबैभन्दा ठूलो पब्जी च्याम्पियनसिप ‘टिभिएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१’ सम्पन्न

नेपालको सबैभन्दा ठूलो पब्जी च्याम्पियनसिप ‘टिभिएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१’ सम्पन्न

अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८
अर्थ डबली
मंगलवार, श्रावण ५ २०७८ (अर्काइभ बाट)
  • नेपालको सबैभन्दा ठूलो पब्जी च्याम्पियनसिप ‘टिभिएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१’ सम्पन्न

    काठमाडौँ / जिजिसिओद्वारा टिभिएस एनटर्क सुपर स्क्वाड इडिसनको सहकार्यमा आयोजिन ‘एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनशिप २०२१’ सम्पन्न भएको छ । देशभरीका ६६० भन्दा बढी टोली सहभागी यस प्रतियोगिता नेपालको सबैभन्दा ठूलो पब्जी च्याम्पियनसिप रहेको आयोजक कम्पनीको दावी छ । 

    images
    images

    आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ “यो एक खेलकुद प्रयोगिता हो, जसमा एक ईस्पोटर्स प्रतियोगिता थियो । २० दिनको अवधिमा दर्ता गरिएका टोलीहरूले टिभिएस एनटर्क स्कूटरको भव्य पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।” 

    यो टूर्नामेन्ट जगदम्बा मोटर्सअन्तर्गतको टिभिएसले नेपाली गेमिंगको समुदायलाई सहयोग पुर्याउनको लागि आरम्भ गरेको हो कम्पनीको भनाई छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने “यो एउटा कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नको लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ ।”

    ‘टिभिएस एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१’  नेपालको लागि लक्षित गरिएको प्रतियोगितामा ६६० भन्दा बढी टोलीहरू आकर्षित भएका थिए । 

    tvs2.JPG

    यो प्रतियोगिता जून १, २०२१ मा शुरू भएको र जुलाई १६, २०२१ मा समाप्त भएको थियो । फाइनलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६ जना)लाई सहभागी गराइएको थियो । 

    tvs news1.JPG

    टोलीहरूलाई इन्भिन्सिविल रेड, कम्ब्याट ब्लु र स्टेल्थ ब्ल्याक गरी  तीन समूहमा विभाजन गरिएको थियो । कार्यक्रमको ढाँचा क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनल गरी मिलाइएको थियो जुन सबै अनलाइन टूर्नामेन्टहरू थि ए। टोलीहरू फरक सीप स्तरका थिए, र तीन भाग्यशाली बिजेताले टिभिएस एनटर्क सुपर स्क्वाड मार्वल थिम्स एडिसन स्कूटरको तीन सिरिजहरू जित्न सफल भएका छन् । 

    TVS News.JPG

    इन्भिन्सिविल रेड टिमको विजेता प्ले विथ प्रपोज (पिडब्लुपि इस्पोर्ट), कम्ब्याट ब्लु टिमको विजेता डेडाइज गाइज (डिई)  र  र स्टेल्थ ब्ल्याक   टिमको विजेता डा रियल सोल्डर्स (डिआरएस)  क्रमशः जित्न सफल भए । प्रतिस्पर्धा ४५दिन को अवधिमा सम्पन्न भएको थियो । 

    साताको लोकप्रीय