जगदम्बा मोटर्सको ड्युराम्याक्स प्लस थ्री ह्वीलर सार्वजनिक 

जगदम्बा मोटर्सको ड्युराम्याक्स प्लस थ्री ह्वीलर सार्वजनिक 

अर्थ डबली
मंगलवार, साउन २६ २०७८
अर्थ डबली
मंगलवार, साउन २६ २०७८ (अर्काइभ बाट)
  • जगदम्बा मोटर्सको ड्युराम्याक्स प्लस थ्री ह्वीलर सार्वजनिक 

    काठमाडौँ /नेपालको लागि टिभिएस थ्री ह्वीलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोर्टस प्रालिले सबै भन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ ।
     
     सार्वजनिक सवारी साधनको रुपमा सञ्चालन गर्न याग्य यो तीन पाङ्ग्रे सवारी साधन नेपालका लागि अत्यन्त उपयुक्त रहेको कम्पनीको विश्वास लिएको जनाएको छ ।

    images
    images
    images

    टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्वीलर्सको इन्जिन ४ स्ट्रोक र लिक्वीड कुल्ड प्रविधिको रहेको छ । २२५ सीसीको इन्जिन जडित थ्री ह्वीलर्स इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारको स्टार्ट गर्न सकिन्छ । 

    ४७५० आरपीएममा ७.५ किवाको अत्याधिक शक्ति प्रदान गर्ने २२७५ आरपीएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो भएकाले यात्रुहरुले समेत आरामदायी अनुभव गर्न सक्ने बताइएको छ ।

     टिभिएस ड्युराम्याक्समा नौ वटा प्लस फिचर्स रहेकाले ग्राहकको मुख्य रोजाइमा पर्ने कम्पनीको दावी छ । टिभिएस ड्युराम्याक्स प्लस थ्री ह्वीलर्सको प्रतिलिटर ३० भन्दा बढी किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय