काठमाडौँ/ लोक सेवा आयोगले विभिन्न सेवा समूह तथा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले साउन १८ गते नतिजा प्रकाशित गरी उत्तीर्ण उम्मेदवारहरुका लागि अन्तर्वार्ताको समय तालिका समेत सार्वजनिक गरेको हो ।
आयोगको सूचना अनुसार छनौट भएका उम्मेदवारले देहायको स्थान , मिति र समयमा हुने अन्तर्वार्ता दिन आउँदा पासपोर्ट साइजको २ प्रति , प्रमाणपत्रहरुको सक्कल सहित २/२ प्रति दरखास्त फारमको प्रथम पाना २/२ प्रति तथा तृतीय पाना भरी प्रवेशपत्र लिई तोकिएको समय १ (एक) घण्टा अगाबै उपस्थित हुनेपर्नेछ । अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त यथावत सञ्चालन हुनेछ ।
हेर्नुस् सूचना