सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ कति ? 

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ कति ? 

अर्थ डबली
मंगलवार, मंसिर २३ २०७७
अर्थ डबली
मंगलवार, मंसिर २३ २०७७ (अर्काइभ बाट)
  • सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ कति ? 

    काठमाडौं / सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गरिएको छ। नेपाल तथा चीनका प्राविधिक टोलीको संयुक्त प्रशोधनबाट प्राप्त नयाँ उचाइ आज मंगलबार मन्त्रिपरिषद्को बैठकले घोषणा गरेको हो । 

    images
    images

    सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न  स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो । 

    नापी विभागको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने काम गत जेठमा सकिएको थियो। ‘ग्लोबल न्याभिगेसन स्याटेलाइट सिस्टम’ को प्रयोग गरी उचाइ नापिएको हो। 

    २०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको बताइएको छ। सगरमाथाको यसअघिको उचाइ ८८४८ मिटर हो।

    आर्थिक वर्ष ०७५/०७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । 

    २०७२ सालको भूकम्पले सगरमाथाको उचाइमा असर पारेको हुनसक्ने  नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

    everest.JPG

    सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सम्झौता भएको थियो।  

    चीनले पनि गत वैशाखमा सगरमाथाको उचाइ नापेको थियो।  

    साताको लोकप्रीय