घुमन्तेका लागि भर्जिन ‘डेस्टिनी’ हाँडीकोट

घुमन्तेका लागि भर्जिन ‘डेस्टिनी’ हाँडीकोट

हाँडीकोट बाग्लुङ जिल्लाकै पर्यटन क्षेत्रमा प्रभाव राख्न सक्ने क्षेत्र हो । घुमन्ते हरुका लागि उत्कृष्ट गन्तव्य हाँडीकोटको प्रकृति, धार्मिक पर्यटन र यहाँको जडीबुटी मूख्य आकर्षण हुन् ।

अर्थ डबली
शुक्रवार, माघ ९ २०७७
अर्थ डबली
शुक्रवार, माघ ९ २०७७ (अर्काइभ बाट)
  • घुमन्तेका लागि भर्जिन ‘डेस्टिनी’ हाँडीकोट

    बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको स्थानीय युवाको सक्रियताका कारण आकर्षण बढ्दै गएको छ । कतिपय पूवाधारको अभावमा पनि घुमन्तेका लागि यो क्षेत्र भर्जिन डेस्टिनी हो ।

    images
    images

    घुमफिरमा नयाँ स्वाद चाख राख्नेका लागि अप्ठेरो अभाव र अति उत्सुकता जगाउने हाँडीकोट तपाईका लागि पनि आकर्षक गन्तव्य हुन्छ । प्राकृतिक मनोरम दृश्य, बुट्यान, जडिबुटी रैथाने रुख बुट्यान पात पतकर अनि फुलहरु हेर्दै चराको चिरविरमा उकालोमा खलखली पसिना बगाउन तपाईको एक सम्झनायोग्य गन्तव्य हुन सक्छ । 

    हाँडीकोट कहाँ पर्छ :

    समुद्र सतहदेखि एक हजार ७०० मिटरको उचाइमा रहेको हाँडीकोट  बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा पर्दछ । 

     हाँडीकोट बाग्लुङ जिल्लाकै पर्यटन क्षेत्रमा प्रभाव राख्न सक्ने क्षेत्र हो । घुमन्ते हरुका लागि उत्कृष्ट गन्तव्य हाँडीकोटको प्रकृति, धार्मिक पर्यटन र यहाँको जडीबुटी मूख्य आकर्षण हुन् । सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रापछि ब्याडथला पुगिन्छ । त्यहाँबाट एक घण्टाको पदयात्रापछि हाँडीकोट आउँछ ।

    hadikot 4.PNG

    मोटरमै जाँदा भने यात्रा अझै छोटिन्छ । हाँडीकोट घुम्न जाने पर्यटकका लागि ब्याडथलामा सामान्य खाजाघर र होटलको सुविधा छ । कतिपय हाँडीकोटमै रात्रि ‘क्याम्प’ गरेर रमाउँछन् । यो याममा हाँडीकोटमा आन्तरिक पर्यटक बढेका छन् । 

    केके देख्न पाइन्छ ?


    हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भूभाग देखिन्छन् । कुनै ताका भुरे÷टाकुरे राजाले त्यस क्षेत्रबाट राज्य चलाएको इतिहासमा उल्लेख छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि हाँडीकोट धनी छ । दुर्लभ चरा र वन्यजन्तुको बासस्थान छ । यहाँ रहेको शिवको मन्दिर धार्मिक पर्यटकका लागि उपयुक्त गन्तव्य हो । हाँडिकोटबाट साविकको पश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्लाका उच्च भू–भाग खुला आँखाले देख्न सकिने भएकाले पर्यटकको गन्तव्य बन्दै  गएको छ । 

    hadikot2.PNG

    हाँडीकोट र नजिकै रहेको ऐतिहासिक थन्थाप माई मन्दिरलाई जोडेर पर्यटन विकासको एकीकृत गुरुयोजना बनाउनुपर्ने स्थानीयवासीको माग छ । विसं १८६५ मा बनेको उक्त मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ । हाँडीकोट ९० हेक्टर र थन्थाप माई मन्दिर १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    हाँडीकोटबाट १६ भन्दा धेरै हिम श्रृङ्खला देख्न सकिन्छ । पर्यटकीयस्थल प्रवर्धन गर्नकै लागि महोत्सव समेत गरियो । बरेङ र जैमिनी दुवैको पर्यटकीयस्थलका रूपमा हाँडिकोटलाई प्रयोग गर्न सकिन्छ । ५ सय मिटर लामो पदमार्ग निर्माण भइरहेको छ ।व्यार्थलाबाट झण्डै तीन किलोमिटर पैदलयात्रा गरेर हाँडीकोट पुग्न सकिन्छ । यहाँको विकासका लागि स्थानीय सरकारसँग मिलेर योजनाबद्ध काम गरिने केन्द्रले जनाएको छ ।

    हाँडीकोटमा पूर्वाधार अभाव

    प्रकृतिको वरदान हाँडीकोट विकासमा भने ठगिएको छ । पूर्वाधार अभावले ओझेलमा छ हाँडीकोटको पर्यटन । निर्माण थालिएका संरचना पनि पर्यटनमैत्री छैनन् । हाँडीकोटको सौन्दर्यमा लिप्त हुने पर्यटक असुविधा देखेर भने खिन्न हुन्छन् ।

    hadikot.PNG

    जैमिनी नगरपालिकास्थित हाँडीकोट भौतिक पूर्वाधारको पर्खाइमा छ । पर्यटकस्थलमा शौचालयसमेत नभएको स्थिति छ । खानेकुरा र पानी साथमै बोकेर जानुपर्छ । सडक अव्यवस्थित छ । पदमार्ग अपुरो छ । विश्रामस्थल छैन । उकालो चढेका पदयात्री चौरमै सुस्ताउनुपर्छ । 

    स्थानीय सरकार आएपछि पनि हाँडीकोटको मुहार फेरिन सकेको छैन । गुरुयोजना बनाएर काम थाल्ने नगरपालिकाको योजना कागजमै सीमित छ । विस्तृत परियोजना प्रतिवेदन बने पनि त्यो अनुसार काम हुन सकेको छैन । हाँडीकोटको विकास र पर्यटन प्रवद्र्धनमा नगरपालिका नै उदासीन छ । लगानी भित्र्याउन सकेको छैन ।

    तीन वर्षअघि शुरु भएको पदमार्ग निर्माणको काम अझै अपूर्ण छ । ‘भ्यूटावर’ निर्माणका लागि प्रदेश सरकारबाट आएको रु १० लाखबाट जगसम्म खनिएको छ । व्यक्तिगत लगानीमा बनाउन लागिएको मन्दिर अलपत्र छ । ऐतिहासिक शिव मन्दिर जीर्ण अवस्थामा छ । भुरे/ टाकुरे राज्यका पालामा बनेको दरबारको अवशेष नासिन थालेको छ ।

    स्थानीयवासी यम पुनले पछिल्लो समय हाँडीकोटको चर्चा बढे पनि सोहीअनुसार पूर्वाधार विकासले गति लिन नसकेको बताए । 

    उनले हाँडीकोटमा स्थानीय सरकारको ध्यान नै नपुगेको गुनासो गर्नुभयो । “हाँडीकोट पर्यटकीय दृष्टिले आकर्षक गन्तव्य भए पनि पूर्वाधारमा धेरै नै पछि छ”,  उनले बताए । 

    माथिल्लो स्थानबाट ैसडक खन्दा मौलिकता गुम्ने डर छ । मन्दिर, भ्यूटावरजस्ता संरचना बनाउँदा पनि मौलिकता झल्किनु पर्ने स्थानियहरु बताउँछन् । 


    नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बजेट अभाव र भौगोलिक जटिलताका कारण पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको बताए । “पर्यटनतर्फ नगरको पहिलो प्राथमिकतामा हाँडीकोट छ, प्रदेश र सङ्घ सरकारबाट समेत बजेट, कार्यक्रम ल्याउन पहल भइरहेको छ”, उनले बताए ।

    सडक सुधार र पदमार्ग निर्माणमा नगरपालिकाले शुरुदेखि नै लगानी गर्दै आएको उनको भनाई छ । “पर्यटनका हिसाबले महत्वपूर्ण ठाउँ भए पनि हाम्रो मात्रै लगानी र स्रोतले त्यहाँ पूर्वाधार विकास गर्न सकिने अवस्था छैन”, प्रमुख पौडेलले भने, “त्यस क्षेत्रको विकासमा सबै पक्षको ध्यान जानु आवश्यक छ ।”  

    पदमार्ग, ‘भ्यूटावर’ मन्दिर, होटल, सङ्ग्रहालयलगायत संरचना बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ । पूर्व र उत्तरपट्टिबाट गरी एक किमि जति पदमार्ग बने पनि अझै दुई किमि जतिमा पदमार्ग बनाउन बाँकी छ । 

    हाँडीकोटको धुरी नजिकै कच्ची सडक पुगे पनि स्तरीय छ्रैन । नियमित मर्मत नहुँदा यात्रामा जोखिम छ । 

    साताको लोकप्रीय