बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

अर्थ डबली
बुधवार, चैत १८ २०७७
अर्थ डबली
बुधवार, चैत १८ २०७७ (अर्काइभ बाट)
  • बैंक अफ काठमाण्डूले शुरु गर्यो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

    काठमाडौँ / बैंक अफ काठमाण्डू लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुचारु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘BOK eCom USD प्रिपेड कार्ड सेवा’ सुचारु गरेको हो । 

    images
    images

    यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । 

    यो सेवा भारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अन्लाइन भुक्तानी गर्न सक्नेछन् । 

    इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन अप्लब्ध गराई यो सुविधा उपभोग गर्न सक्नुहुनेछन् । 

    बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    साताको लोकप्रीय