कुमारी बैंकको २० औं वार्षिकोत्सव : मनायो सामाजिक कार्यक्रम देशभरका शाखाहरुबाट 

कुमारी बैंकको २० औं वार्षिकोत्सव : मनायो सामाजिक कार्यक्रम देशभरका शाखाहरुबाट 

अर्थ डबली
मंगलवार, चैत २४ २०७७
अर्थ डबली
मंगलवार, चैत २४ २०७७ (अर्काइभ बाट)
  • कुमारी बैंकको २० औं वार्षिकोत्सव : मनायो सामाजिक कार्यक्रम देशभरका शाखाहरुबाट 

    काठमाडौं / कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गर्यो । 

    images
    images


    मुलुककै अग्रणी स्थानको उत्कृष्ट बैंकले आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्य कार्यक्रमहरुसहित मनाएको छ । 
    बैंकले आफ्नो प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । 


    यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारे स्थित ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेकोे छ । 


    बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो । 

    यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– १  रहेका १६ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 


    कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । 

     

     

     

    साताको लोकप्रीय