थ्रिकम केयर कम्पनीद्वारा १५ जना युवालाई निःशुल्क तालिमको घोषणा, रोजगारीको ग्यारेन्टी

थ्रिकम केयर कम्पनीद्वारा १५ जना युवालाई निःशुल्क तालिमको घोषणा, रोजगारीको ग्यारेन्टी

अर्थ डबली
बिहिवार, पुस ९ २०७७
अर्थ डबली
बिहिवार, पुस ९ २०७७ (अर्काइभ बाट)
  • थ्रिकम केयर कम्पनीद्वारा १५ जना युवालाई निःशुल्क तालिमको घोषणा, रोजगारीको ग्यारेन्टी

    काठमाडौँ / थ्रिकम केयर कम्पनीले आगामी माघ महिनामा १५ जना युवालाई निःशुल्क तालिम दिने घोषणा गरेको छ । मोबाइल, ल्यापटप, हार्ड डिस्क रिपेयरिङका क्षेत्रमा विगत ७ बर्षदेखि स्थापित उक्त कम्पनीले बढ्दो पलायनलाई रोक्न सहयोग पुर्याउने उद्देश्यले सो योजना घोषणा गरेको हो । 

    images
    images

    मोबाइल, ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको सो कम्पनीका सञ्चालक बिपिन जयसवाल भन्छन् ‘यस कम्पनीले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गर्न पाउनु हाम्रा लागी गर्वको कुरा हो ।

    बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले विशेष पहल नगरेको अवस्थामा हामीले त्यसमा इटा थप्नका लागी सानो कदम चालेका छौं ।’

    thikram1.JPG

    उनका अनुसार कम्पनीले १५ जना युवालाई निस्शुल्क तालिम प्रदान गर्नुका साथै रोजगारीको ग्यारेन्टी पनि गर्नेछ । कम्पनीबाट तालिम लिएका युवाहरुलाई थ्रिकममै रोजगारी उपलब्ध गराइने उनले जानकारी दिए । 

    साताको लोकप्रीय