केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण किन स्थगित भयो ? 

केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण किन स्थगित भयो ? 

कोटा वितरणमा भेदभाव र आर्थिक चलखेल भएको आरोप लागेपछि कोटा वितरण विवादित बन्दै आएको छ । तर, प्रवक्ता शिव सेढाईँले आन्तरिक छलफल र कोभिड १९ को कारण सूचना निकालिएको बताएका छन् ।

अर्थ डबली
शुक्रवार, बैशाख ३ २०७८
अर्थ डबली
शुक्रवार, बैशाख ३ २०७८ (अर्काइभ बाट)
  • केराउ, सुपारी,  छोकडा र मरीचको कोटा वितरण किन स्थगित भयो ? 

    सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ । हिजो बैशाख २ गते  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण  विभागले विहीबार सूचना मार्फत यी वस्तुको कोटा वितरण स्थगित गरिएको जनाएको हो । 

    images
    images

    सरकारले  गत वर्ष चैत तेस्रो  साता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो मन्त्रिपरिषद्ले  गत फागुन २५ गते परिमाणात्मक बन्देजसहित आयात खुलाउने निर्णय गरेको थियो । 


    विभागको  सूचनामा भनिएको छ, ‘ नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको तर्फबाट नेपाल राजपत्र खण्ड ७० संख्या ४७  भाग ५ मिति २०७७  चैत ९ मा प्रकाशित सुचना अनुसार यस विभागबाट भइरहेको केराउ, सुपारी छोकडा र नधुल्याएको मरिचको पैथारीको कोटा वितरण कार्य हाललाई स्थगित गरिएको छ ।’  

    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण  विभाग का प्रवक्ता शिव सेडाईँका अनुसार भने, स्थगित गर्नु त्यति जटिल विषय नभएको  बताएका छन् । उनले अर्थ डबलीसँगको कुराकानीमा नेपाल सरकारले नीति नियम ऐन अनुसार नै काम गर्दै आइरहेको बरु आन्तरिक छलफलका लागि केही समयलाई स्थगित गरिएको स्पटष्ट पारे । 


    सरकारले चालू आर्थिक वर्ष २०७७ / ७८  का लागि २५ हजार मे.ट. सूपारी ८० हजार  मे.ट. केराउ, छोकडा ५ हजार मे.ट. र मरीच १५ हजार मे.ट.  कोटा निर्धारण गरेको छ । 

    तर, यता उद्योग  वाणिज्य तथा आपूर्ति मन्तालयले परिमाणत्मक बन्देजसहित यस्ता वस्तुको आयात खुलाउने सूचना गत चैत ९ गते रापत्रमा निकालेको थियो । कोटा  वितरणमा भेदभाव र आर्थिक चलखेल भएको आरोप लागेपछि कोटा वितरण विवादित बन्दै आएको छ ।  


    कोटा वितरण स्थगनका बारे विभागका प्रवक्ता  सेडाईँले व्यापारीहरुले खुरुखुरु लगिरहेका छन् पछिल्लो तथ्याङ्क के कस्तो अवस्थामा छ ? आन्तरिक समिक्षा गर्न र कोभिडको कारण भिडभाड कम गर्न पनि यस्तो सूचना निकालिएको बताए  । 

    सिमित कोटामा माग बढि भएकाले दबाब थेग्न नसकेर स्थगित गर्नुपरेको विभाग सम्बद्ध  श्रोतको भनाई छ ।  श्रोतले भने मन्त्रालय र व्यापारीको दुईतर्फ दवावका कारण विभागले कोटा वितरण स्थिगित  बझिएको छ । तर, प्रवक्ता सेडाईँले उक्त कुरालाई नकारेका छन् । 

    उच्च राजनीतिक तहबाट सिमति व्यापारिक फर्मलाई कोट दिन दबाब आइरहेको छ । अर्कातिर अरु व्यापारीले विभागका महानिदेर्शकलाई कोटा माग्दै घेराउ गरेका थिए । 

    कतिपयले व्यापारीसँगको सेटिङमा कोटा वितरण गरिएको भन्दै व्यापारीहरु नै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी गर्न पुगेका थिए ।  विभागलाई कोटा वितरणमा आर्थिक चलखेल भएको आरोप लाग्दै आएको छ । 

    banija.jpg

    विभागले सुपारीको कोटा  भने बाडिसकेको छ । कोटा पाएका  व्यापारीले आयातका लागि प्रतीतपत्र एलसी खोलिसकेका छन् । मन्त्रालयले चैत ९ गते  आयात खुलाइएको सूचना निकालेको थियो । त्यसको भोलिपल्टै  चैत १० गते  सुपारीको कोटा वितरण गरिएको थियो । 

    तर, विभागले चैत १६ गते ८५  निवेदनबाट २ लाख २७ हजार २७०  मेट्रिकटन सुपारी आयातको माग भएको  भन्दै कागजात पुरउान सूचना निकालेको थियो ।  सिमित घरानाका व्यापारीको मात्रे चलखेल भइरहेको भन्ने प्रश्नमा प्रवक्ता सेडाईँले स्थगनको विषय जटिल विषय नभएको बताउँदै ऐनले दिएको नीति नियम अन्तर्गत कामकार्य गर्दै आइरहेको बताए ।
    तर, व्यापारीहरुले भने असन्तुष्टि जनाएका छन् । 

    साताको लोकप्रीय