अब एमसिसीको एजेन्डाले नेताको असली रुप चिनाउँछ, मुलुकले नयाँ संस्कार र शैलीको राजनीति खोजेको छ – डा. सूर्यराज  आचार्य

अब एमसिसीको एजेन्डाले नेताको असली रुप चिनाउँछ, मुलुकले नयाँ संस्कार र शैलीको राजनीति खोजेको छ – डा. सूर्यराज  आचार्य

अर्थ डबली
बिहिवार, भाद्र २४ २०७८
अर्थ डबली
बिहिवार, भाद्र २४ २०७८ (अर्काइभ बाट)
  • अब एमसिसीको एजेन्डाले नेताको असली रुप चिनाउँछ, मुलुकले नयाँ संस्कार र शैलीको राजनीति खोजेको छ – डा. सूर्यराज  आचार्य

    काठमाडौं /  अमेरिकी सहयोग परियोजना एमसिसीको कारण अहिले मुलुकको राजनीति तरङ्गित छ । राजनीतिक दलहरुका शीर्ष नेतृत्वहरु नै फरक फरक टिप्पणी गर्दै हिडेका छन् ।

    images
    images

    एमसिसीका कारण मुलुकलाई कस्तो हानी तथा फाईदा पुग्छ ठोस विषय कुनै पार्टीले वा नेतृत्वले सार्वजनिक गर्न सकेको छैन । देउवा सरकार आफैंमा अल्मलिएको छ । 

    यसै सन्दर्भमा कडा टिप्पणी उठाउँदै आएका पूवाधार विज्ञ समेत रहेका डा. सूर्यराज आचार्यले अब एमसिसी घटना र मुद्धाले नेताको असली अनुहार चिनाउने टिप्पणी गरेका छन् ।  उनले आफ्नो सामाजिक सञ्जालमाफर्त ट्वीट गर्दै यस्तो बताएका हुन् । उनले भने, मुलुकले नयाँ संस्कार र शैलीको राजनीति खोजेको छ।

    यस्तो राजनीति  पुराना दल भित्रकै नयाँ सोचका नेता या वैकल्पिक र नयाँ राजनीतिक दलका नेताले गर्न सक्ने डा. आचार्यले औंल्याएका छन् । 

    यस्ता नेताहरू को को होलान भनेर पहिचान गर्ने यौटा लिटमस टेस्ट विवादित एमसिसीको एजेन्डा  भएको उनको टिप्पणी छ । जसको घटना र मुद्दाले नेताको असली रूप चिनाउँनेछ।


    आजै विहिबार विहानै विवादका बीच एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने भ्रमणका लागि नेपाल आइपुगेकी छन् । कतारको बाटो हुँदै उनी नेपाल आइपुगेकी हुन् । उनीसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि छन् । 

    करिब ५५ अर्ब रुपैयाँको सहयोगमा नेपालमा विद्युतीय प्रसारण लाइन र सडक निर्माणका लागि एमसीसीले सहयोग गर्न खोजेको छ । उक्त विषय अहिले मुलुकको प्रतिष्ठामा खलल पुग्ने दावी गर्दै विवादिद बनेको छ । त्यसका लागि संसदबाट अनुमोदन हुनुपर्नेमा राजनीतिक मतभेदका कारण हालसम्म संसदबाट अनुमोदन हुन सकेको छैन ।

    प्रधानमन्त्री देउवासँग उनको भेट शुक्रबारका लागि तय भएको छ ।

     

    साताको लोकप्रीय