काठमाडौँ / सिभिल बैंक लिमिटेडका प्रमुख कायृकारी अधिकृत (सिइओ) गोविन्द गुरूङको राजीनामा स्वीकृत भएको छ ।
कम्पनीको यही बैशाख ५ गते बसेको सञ्चालक समितिको ३४० औं बैठकले बैशाख १८ गतेबाट लागू हुने गरी गुरूङको राजीनमा स्वीकृत गरेको हो ।
साथै बैठकले अर्को निर्णय नभएसम्मका लागि बैंकका नायब प्रमुख कायृकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदनमा नियुक्त गरेको छ । पोखरेलले पनि वैशाख १८ गतेदेखि जिम्मेवारी सम्हाल्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।