सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण, स्थानीय स्तरको अर्थतन्त्र उकास्न भूमिका खेल्ने 

सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण, स्थानीय स्तरको अर्थतन्त्र उकास्न भूमिका खेल्ने 

अर्थ डबली
शुक्रवार, बैशाख १० २०७८
अर्थ डबली
शुक्रवार, बैशाख १० २०७८ (अर्काइभ बाट)
  • सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण, स्थानीय स्तरको अर्थतन्त्र उकास्न भूमिका खेल्ने 

    काठमाडौँ / सिभिल बैंकले आफ्नो खुरखुरे शाखाको स्थानान्तरण गरेको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले स्थानान्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेकी हुन् । 

    images
    images

    हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गर्दै गरिएको कार्यक्रममा 
    नगरप्रमुख बरालले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु-याउने बताइन् । 

    ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पूँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरिन् । 

    उक्त समारोहका सभापति तथा सिभिल बैंकका प्रदेश २ नं का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए । 

    त्यस्तै, उनले सिभिल बैंकले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए । 

    करीव साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखाहरु, ९ एक्सटेन्सन काउन्टरहरु, ८९ एटियमहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंककोे हाल सम्म करीव रु. ८९ अर्व निक्षेप परिचालन गरी करीव रु. ८३ अर्व कर्जा लगानी गरिसकेको छ ।  

     

    साताको लोकप्रीय