राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका र जमराको माला

राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका र जमराको माला

अर्थ डबली
सोमवार, कार्तिक १० २०७७
अर्थ डबली
सोमवार, कार्तिक १० २०७७ (अर्काइभ बाट)
  • राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका र जमराको माला

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरेका छन् । 

    images
    images

    सो क्रममा राष्ट्रपति भण्डारीले  टीका र जमराको माला लगाइदिएकी थिइन् । 

     प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरेकी छन् । 

    प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला  झापामा रहनुभएकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिएकी थिइन् । 

    कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

    साताको लोकप्रीय