डा. सूर्यराज आचार्यको टिप्पणीः सत्ता जोगाउने /पाउने राजनीति खेलमा राष्ट्रको भविष्यको किनबेचतर्फ...?!

डा. सूर्यराज आचार्यको टिप्पणीः सत्ता जोगाउने /पाउने राजनीति खेलमा राष्ट्रको भविष्यको किनबेचतर्फ...?!

अर्थ डबली
बुधवार, बैशाख १५ २०७८
अर्थ डबली
बुधवार, बैशाख १५ २०७८ (अर्काइभ बाट)
  • डा. सूर्यराज आचार्यको टिप्पणीः सत्ता जोगाउने /पाउने राजनीति खेलमा राष्ट्रको भविष्यको किनबेचतर्फ...?!

    काठमाडौं / नेपालको संसदीय व्यवस्थामा आफ्नो सत्ताको कुर्सी जोगाउन / पाउन सांसदको किनबेच  थुनछेक त भोगेकै कुरा हो । लेखक तथा टिप्पणीकार डा. सूर्यराज आचार्यले टिप्पणी गर्दै भनेका छन् यो नौलो हैन।

    images
    images

    तर, अब त सत्ता जोगाउने र पाउने खेलमा राजनीति राष्ट्रको भविष्यको किनबेचतर्फ मुखरित भएको उनको कडा टिप्पणी छ ।

    आज बुधबार प्रदेश चारमा राजनीतिक जोडघटाउ हुँदै गर्दा सांसद हराएको काण्डले यस्तो पुष्टि गर्दै छ । इतिहासमा सिँहदरबारमै नेपाली जनताले सांसद किनबेच गरिएको घटना भोगिसकेका छन् ।

    जसले मुलुकलाई समृद्धिको बाटोमा लग्न सकेको छैन । आफ्नो सामाजिक सञ्जाल ट्वटिरमार्फत टिप्पणी गर्दै डा. आचार्यले लेखेका छन् यस्तो अराजनीतिक हर्कतले मुलुक समृद्धिको बाटोमा जाँदैन बरु गम्भिर राजनीतिक दुर्घटनातर्फ गएको उनले संकेत गरेका छन् ।


    यसैले अब मुलुकलाई सहि दिशामा ल्याउन नागरिकले बेलैमा खबरदारी गर्नुपर्ने  उनले आग्रहसमेत गरेका छन् । 

    बेलाघर्के पछि पछुताएर के गर्ने ? उनले सचेत नेपाली जनतालाई प्रति पश्न गरे । 

    साताको लोकप्रीय