कस्तो छ चियाको बजार ? ९ महिना ३ अर्ब ६ करोड रूपैँयाको चिया निर्यात

कस्तो छ चियाको बजार ? ९ महिना ३ अर्ब ६ करोड रूपैँयाको चिया निर्यात

आ.व. २०७५/ ७६ मा २५,२०५ मेटन चिया उत्पादन हुँदा आ.व. २०७६/ ७७ मा २४,११८ मेटन चिया उत्पादन भएको छ । यस्तै, उत्पादनमा केहि गिरावट आएपनि कोरोना महामारीका बीच चियाको निर्यातमा उल्लेखनिय वृद्धि हुनु उपलब्धीको रूपमा लिन सकिन्छ ।

अर्थ डबली
बिहिवार, बैशाख १६ २०७८
अर्थ डबली
बिहिवार, बैशाख १६ २०७८ (अर्काइभ बाट)
  • कस्तो छ चियाको बजार ? ९ महिना ३ अर्ब ६ करोड रूपैँयाको चिया निर्यात

    काठमाडौं / पछिल्लो समय नेपाल चिया उत्पादनमा आत्म निर्भर बन्दै गएको छ । 

    images
    images

    गत आर्थिक वर्षमा २०७६/ ७७ मा २ अर्ब ७८ करोड रूपैयाँ बराबरको ११,ज्ञ ८५ मेटन चिया निर्यात भएको थियो । 

    कोरोना कहरबीच पनि चालु आ.व. २०७७/ ७८ को ९ महिनाको अवधिमै ३ अर्ब ६ करोड रूपैँया बराबरको ९,५७० मेटन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्ले देखाएको छ । 

    आज विहिबार बैशाख १६ गते चिया दिवसको सन्दर्भ पनि परेको छ । तर, सरकारले कोरोनाको दोस्रो लहर बढेको कारण काठमाडौं लगायत मुलुकका विभिन्न प्रमुख प्रभावित क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ । 

    सम्पुर्ण विश्व कोरोना महामारीसँग जुधिरहेको पृष्ठभूमिमा राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण सम्म आइपुग्दा चिया उद्योग क्षेत्र सन्तोष जनक नै भएको चिया विकास बोर्डले बताउँछ । 

    तथ्याङ्क अनुसार आ.व. २०७५/ ७६ मा २५,२०५ मेटन चिया उत्पादन हुँदा आ.व. २०७६/ ७७ मा २४,११८ मेटन चिया उत्पादन भएको बोर्डले जनाएको छ । यस्तै, उत्पादनमा केहि गिरावट आउँदा कोरोना महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि हुनु उपलब्धीको रूपमा लिएको छ । 

     एकातिर भौतिक दुरी कायम गर्दै स्वास्थ मापदण्डहरूको पालन गरि कोरोना महामारीबाट बच्नु परेको स्थिति छ । अर्कातिर महामारीका कारण ध्वस्त भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन पनि उत्तिकै महत्वपुर्ण रहेको छ । यसै पृष्ठभूमिमा २५ औँ राष्ट्रिय चिया दिवसको नारा ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ रहेको छ । 

    गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परेको चिया उत्पादक व्यवसायीहरु बताउँछन् । यद्यपी अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु परेन । 

    लकडाउनका बीच पनि स्वास्थ्य सम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरि बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा रहेका थिए ।

    जसले गर्दा अन्य बाली एवम् वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि भएको देखिन्छ ।

    नेपालले धेरै उपभोग्य वस्तुहरू आयात गर्नु परेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरि आत्मनिर्भर भएको लामो समय भइसकेको छ । 

    स्वदेशमा चिया उपभोग गरि बढि भएको उत्पादन भारत लगायतका तेश्रो मुलुकमा निर्यात हुने गरेको छ । 

    नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रतिव्यक्ति भन्दा कम रहेको अनुमान बोर्डको छ । 

    tea.JPG

    छिमेकी मुलुक भारतमै वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आँकलन गर्न सकिन्छ । 

    तसर्थ, आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरू लाग्नु पर्ने देखिन्छ। 

    चियामा पाइने त्जभबाबिखष्ल तत्वले नोभेल कोरोना भाइरसको असरलाई रोक्न सक्ने त्भब च्भकभबचअज ब्ककयअष्बतष्यल ले अनुसन्धानबाट पत्ता लगाएको सन्दर्भमा यस महामारीलाई चियाको बजार विस्तार गर्ने अवसरको रूपमा लिन सकिने बोर्डको तर्क छ । 

    आगामी दिनमा बोर्डले चियाको आन्तरिक बजार प्रवर्द्धनमा रणनीतिक रूपमा अघि बढ्ने कुरा २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा व्यक्त गर्न चाहेको एक प्रेस विज्ञप्तिमा भनेको छ । 

    यस्तै, दिवसको सन्दर्भमा बोर्डले चिया कृषक, उद्योगी व्यवसायी, सहकारी, चिया पारखी र सबै सरोकारवालाहरूमा राष्ट्रिय चिया दिवसको शुभकामना  व्यक्त गरेको छ ।

    साताको लोकप्रीय