एसियन लाइफ नेपाल क्लियरिङ्ग हाउससँग आवद्ध, आजैबाट कारोबार गर्न सकिने 

एसियन लाइफ नेपाल क्लियरिङ्ग हाउससँग आवद्ध, आजैबाट कारोबार गर्न सकिने 

अर्थ डबली
बिहिवार, बैशाख २३ २०७८
अर्थ डबली
बिहिवार, बैशाख २३ २०७८ (अर्काइभ बाट)
  • एसियन लाइफ नेपाल क्लियरिङ्ग हाउससँग आवद्ध, आजैबाट कारोबार गर्न सकिने 

    काठमाडौँ / एसियन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण भुक्तानीहरू एन.आई.सि.एसिया बैंकमा रहेको आफ्नो खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेगरी एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । 

    images
    images

    एनपीआईमा रहेका कनेक्ट आईपीएस तथा एनसीएचएल आईपीएस प्रणालीहरू मार्फत स्वचालित रुपमा एसियन लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सकिनेछ । 

    एसियन लाइफले बीमा प्रिमियम सङ्कलनका लागि पहिले देखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्था पछी कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

    यसैगरी लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई अब भुक्तानी सोझै आफ्नो बैंक वित्तीय संस्थाको खातामा प्राप्त गर्न सकिनेछ । 

    साताको लोकप्रीय