गण्डकीमा नयाँ सरकार गठनबारे प्रयास

गण्डकीमा नयाँ सरकार गठनबारे प्रयास

अर्थ डबली
मंगलवार, बैशाख २८ २०७८
अर्थ डबली
मंगलवार, बैशाख २८ २०७८ (अर्काइभ बाट)
  • गण्डकीमा नयाँ सरकार गठनबारे प्रयास

    कास्की / गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् ।

    images
    images

    यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । 

    यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन । 

    जनमोर्चाले यसअघि अविश्वासको प्रस्तावका पक्षमा समर्थन गर्ने निर्णय गरे पनि  पार्टी संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ ।  

    बहुमत ३१  सदस्य पुग्नका लागि  जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । जनमोर्चाका तर्फबाट  प्रदेशसभा संसदीय दलका नेता  थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए । 

    राष्ट्रिय जनमोर्चाको केन्द्रीय समिति नयाँ सरकार गठनका पक्षमा छ भने सचेतक पियारी थापाले हस्ताक्षर गर्न ह्विप पनि जारी गर्नुभएको छ । पार्टीको निर्णय परिवर्तन नभएको बताउँदै अध्यक्ष बरालले बुधबारसम्म थापाले हस्ताक्षर गर्ने विश्वास व्यक्त गए । 

    साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा (एमाले)का २७ जना छन् भने एक  स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा हुन् ।

    त्यस्तै, कांग्रेसका १५,  माओवादी केन्द्रका सभामुखसहित १२ र जसपाका दुई सांसद छन् ।

    साताको लोकप्रीय