शेयर बजार : कारोबार रकममा नयाँ रेकर्ड, २० ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतबढीले बृद्धि 

शेयर बजार : कारोबार रकममा नयाँ रेकर्ड, २० ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतबढीले बृद्धि 

अर्थ डबली
बिहिवार, जेठ १३ २०७८
अर्थ डबली
बिहिवार, जेठ १३ २०७८ (अर्काइभ बाट)
  • शेयर बजार : कारोबार रकममा नयाँ रेकर्ड, २० ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतबढीले बृद्धि 

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ ।

    images
    images

    हालसम्मकै सर्वाधिक १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा नेप्से परिसूचक भने २.२० अङ्कले घटेर २ हजार ८१५.४० बिन्दुमा झरेको हो । 

    यसअघि गत सोमबार १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भई शेयर बजारले नयाँ रेकर्ड बनाएकोमा त्यो दिनको रेकर्ड आजको कारोबारले ब्रेक गरेको हो ।

    कारोना महामारीका कारण जारी निषेधाज्ञाले अन्य आर्थिक गतिविधि प्रायः ठप्प रहेको अवस्थामा शेयर बजारमा भने उत्साह देखिएको छ ।  

    यो दिन कूल २१५ ओटा कम्पनीको एक लाख ४७ हजार ४९ पटकको व्यापारमा ४ करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर खरिदबिक्री भएको छ । 

    २० ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले बृद्धि
    बिहीबार शेयर बजारमा २० ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतबढीले बृद्धि भएको छ । यो दिन खानीखोला हाइड्रो पावर, युनाइडेट इदीमार्दी र नेपाल हाइड्रोको शेयरमूल्यमा १० प्रतिशतको सर्किट लागेको हो ।

    यसैगरी अरुण कावेली पावरको शेयरमूल्य ९.९८ प्रतिशत, रिदी हाइड्रो पावरको ९.९७ प्रतिशत, जोशी हाइड्रोपावरको ९.९६ प्रतिशत, अपि पावरको ९.९४ प्रतिशत, दिव्यश्वोरी हाइड्रो पावर र राधी विद्युत कम्पनीको शेयरमूल्य ९.९१ प्रतिशतले बृद्धि भएको छ ।

    शिवश्री हाइड्रोपावर, हिमाल दोलखा, सानिमा माई, पञ्चकन्यामाई, नेशनल, बुटवल पावर कम्पनी, युनियन, घलेम्दी, युनिभर्सल पावर कम्पनी, आँखुखोला जलविद्युत र माउन्टेन हाइड्रो पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतबढीले बृद्धि भएको छ । 

    राष्ट्र बैंकले मंगलवार बैंक तथा वित्तीय संस्थाहरूलाई लघुवित्त कम्पनीको शेयर खरीदमा रोक र दीर्घकालीन लगानीमा जोड दिन निर्देशन दिएसँगै आज त्यसको असर लघुवित्तको शेयर मूल्यमा परेको छ ।

    नयाँ व्यवस्थाअनुसार बैंकहरूले ०७८ जेठ १० गतेसम्म खरिद गरेको लघुवित्तको शेयर आगामी पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्नेछ । सो व्यवस्थाको प्रभाव स्वरुप आज लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

    आज बजारमा समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ५.२३ प्रतिशतले गुमाएका छन् । यसैगरी मेरो माइक्रो फाइनान्सको शेयरमूल्य ५.०६ प्रतिशत, एनआई सी एशिया लघुवित्तको ४.८४ प्रतिशत र नेरुडे लघुवित्तको शेयरमूल्इ ४.७३ प्रतिशतले घटेको छ । 

    अपि पावरको सर्वाधिक बढी शेयर कारोबार 
    बिहीबारको कारोबारमा अपि पावर कम्पनीको शेयर कारोबार सर्वाधिक बढी भएको छ । उक्त कम्पनीको ४३ करोड २८ लाख ३४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

    यसैगरी आज अरुण कावेली पावरको ३७ करोड ७४ लाख ९ हजार रुपैयाँ, चिलिमे हाइड्रो पावरको ३७ करोड ३ लाख ११ हजार रुपैयाँ, युनाइटेड इदिमार्दीको ३५ करोड ५४ लाख ५८ हजार रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ५१ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    ७ ओटा समूहको परिसूचकमा हरियो 
    घटेको बजारमा आज बिहीबार ७ ओटा समूहको परिसूचकमा हरियाली छाएको छ भने बाँकी समूहको परिसूचकमा रातो पोतिएको छ ।

    यो दिन विकास बैंकको शेयरमूल्य ३.४३ प्रतिशत, वित्त समूहको २.२८ प्रतिशत, हाइड्रो पावर समूहको ४.५७ प्रतिशत, प्रशोधन तथा उत्पादन समूहको ०.५६ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.५५ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ०.९७ प्रतिशत र व्यापारिक समूहको परिसूचक ६.७२ प्रतिशतले बृद्धि भएको छ । 

    यसैगरी, बैंकिङ समूहको ०.३५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५९ प्रतिशत, लगानी समूहको ०.६५ प्रतिशत, जीवन बीमा समूहको ०.७३ प्रतिशत र लघुवित्त समूहको ३.४१ प्रतिशत र अन्य समूहको परिसूचकमा १.०८ प्रतिशतको गिरावट आएको छ । 

    साताको लोकप्रीय