बजेट के हो  ? बजेट सम्बन्धी प्रसिद्ध दार्शनिक/ विद्वानहरूका परिभाषाहरू  

बजेट के हो  ? बजेट सम्बन्धी प्रसिद्ध दार्शनिक/ विद्वानहरूका परिभाषाहरू  

आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु पनि उल्लेख हुन्छ

अर्थ डबली
शनिवार, जेठ १५ २०७८
अर्थ डबली
शनिवार, जेठ १५ २०७८ (अर्काइभ बाट)
  • बजेट के हो  ? बजेट सम्बन्धी प्रसिद्ध दार्शनिक/ विद्वानहरूका परिभाषाहरू  

    सरकारले विगतमा गरेका कार्यहरुको समिक्षा र वर्तमान स्थितिको अध्ययन गरी भावी कार्यक्रम र कार्यदिशासहितको आय र व्ययको अनुमानित योजना नै बजेट हो। 

    images
    images

    आर्थिक वर्ष २०७८/  ७९ का लागि आज जेठ १५ गते सरकारले अध्यादेशमार्फत बजेट प्रस्तुत गर्दै छ । सरकारसँग बहुमत नहुँदा काम चलाउ चुनावी सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागेको हो । 

    अर्थबिद्हरुको बजेटसम्बन्धी अवधारणा तथा तर्कहरु फरक फरक हुन्छन् । वास्तवमा कुनै पनि मुलुकको सरकारले आगामी वर्षमा के गर्ने कसरी गर्ने  ? कुन कुन क्षेत्रमा गर्ने ? आदि विषयमा आम्दानी र खर्चसहितको विस्तृत विवरण बजेटमा समावेश गरिएको हुन्छ । 

    यसकारण सरकारले गत विगतमा गरेको उपलब्धिको समिक्षा गरी वर्तमानमा सरकारको सक्षमताको विश्लेषण गरी भावी कार्यक्रम र कार्यदिशाको विस्तृत विवरण नै सरकारी बजेट हो । यस्तै एक विद्वानले भनेका छन् बजेट सरकारको विस्तृत आर्थिक योजना हो  – पि इ टेलर ।

    विश्वमा बजेट प्रणालीको इतिहास भने पुरानो छ । सरकारी बजेटमा जनप्रतिनिधिको नियन्त्रण कायम गर्नुपर्छ । हुनुपर्दछ तर, मुलुकमा यो आर्थिक वर्ष बजेटमाथि जनप्रतिनिधिको नियन्त्रण छैन भन्दा हुन्छ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर काम चलाउ सरकार बनेपछि बजेट अध्यादेश मार्फत आउादै छ । 


    बजेट योजनावद्ध रुपमा खर्च गरिनु पर्छ भन्ने मान्यता सन् १२१५ जुन १५ को ःबनलब ऋबचतब, बेलायती संसदमा पेश भएको बिल अफ राइट्स-१६८९ आदिबाट आएको हो । संसदमा आय र व्यय अनुमान तर्जुमा गरी पेश गर्ने कार्य सर्वप्रथम बेलायती अर्थमन्त्री रवर्ट वालपोल- १७३३ मा गरेको हुँदा त्यसै समयदेखि सरकारको वार्षिक आय र व्ययको अनुमानलाई बजेट भन्न थालियो ।

     सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गरेको हुन्छ । 
    तर, आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु पनि उल्लेख हुन्छ

     । संविधान र आवधिक योजनालाई बजेटकै माध्यामबाट अन्तिम रुप दिई नतिजा दिने काम सरकारले गरेको हुन्छ । बजेट सर्वसाधरण, चिया पसले रिक्सा चालकदेखि उद्योग व्यवसायी, राजनैतिक दल, राज्य सबैलाई सरोकार भएको विषय हो । सबैले महत्वका साथ सरोका र राख्छ । 

    पढ्नुस् केही विद्वानहरुले दिएका बजेट सम्बन्धी परिभाषा 

    १. बजेट भनेको विगतका वित्तिय  अनुभवहरुको निचोड, चालु योजनाको बयान र भविष्यमा निश्चित समयका लागि  लागि गरिएको प्रक्षेपणसम्बन्धी  आर्थिक योजना हो । 
    डिमक

    २. यो कार्यान्वयनको लागि  आवश्यक धनको अनुमानसहित गरिएको कामको एक प्रस्ताववित योजना हो । र 
    एल. डी. ह्वाइट 

    ३. बजेट प्रकृया वस्तुत प्रशासकीय  व्यवस्थापनको  मुटु हो किनकि  थैलीको नियन्त्रण भनेको समन्वयको एक शक्तिशाली हतियार हो 
    फिफ्नर

    ४. बजेट भनेको राष्ट्रिय  नीतिनिर्माणको  एक प्रमुख हतियार हो । 
    फेलिक्स निग्रो 

    ५. व्यक्तिहरुको समुन्नति, वर्गहरुको सम्बन्ध तथा अधिराज्यको ताकतको जरा बजेट  हो । 
    ग्लाडस्टोन

    ६. बजेटको अर्थ निर्दिष्ट अवधिको वित्तिय व्यवस्था हो, जसबाट अवसर  बोध  हुन्छ कि त्यसलाई  अनुमोदनको लागि व्यवस्थापिकामा पेश गरिएको छ । 
    बास्टेबल

    ७. बजेटले खर्च निर्णय  था सहकार्य तथा पछि खर्चको नियन्त्रणको आधारको रुपमा सघाउ पुर्याउँछ ।
    ड्यू तथा फ्राइडल्याण्डर 

    ८. अर्थमन्त्री  बलियो बाकसभित्र  रहेको टोक्ने कुकुर हो । 
    प्राचिन भनाई 

    ९. वार्षिक बजेट  सार्वजनिक खर्चको लागि कानुनी अधिकार हो ।  यो मध्यकालीन खर्च  योजनाको एक  वर्षीय  टुक्रा हो । 

    विश्व बैक प्रतिबेदन 

    १०. बजेट भनेको  रुपियाँ खर्च  गर्नुपछिको साटो अगाडि चिन्तित हुनु हो । 
    अंग्रेजी भनाई

    ११. बजेट मानिसले आर्जन गर्नमा बगाएको पसिना चुस्ने माध्याम हो । 
    अंग्रेजी भनाई 

    १२. बजेट केवल अंक  गणितको कार्य होइन 
    ग्लाडस्टोन 

     

    साताको लोकप्रीय