गण्डकी प्रदेशः बजेट अधिवेशन शुरु, कुन सांसदले के भने ? 

गण्डकी प्रदेशः बजेट अधिवेशन शुरु, कुन सांसदले के भने ? 

अर्थ डबली
सोमवार, जेठ १७ २०७८
अर्थ डबली
सोमवार, जेठ १७ २०७८ (अर्काइभ बाट)
  • गण्डकी प्रदेशः बजेट अधिवेशन शुरु, कुन सांसदले के भने ? 

    गण्डकी प्रदेश सभाको आठौंँ अधिवेशन (बजेट अधिवेशन) आइतबारदेखि शुरु भएको छ । अ

    images
    images

    धिवेशन अन्तर्गत आजको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति, केन्द्र सरकारले घोषणा गरेको बजेटलगायतमा आआफ्ना धारणा राखे । 

    जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिका लागि भएका सबै किसिमका आन्दोलनका जगमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने आवश्यकतामा जोड दिए । 

    राष्ट्रिय जनमोर्चाका पियारी थापाले राजनीतिक विकृतिको महासंकटको भुमरीमा देश परेको  बताए । 

    नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट बढ्दै गएका अवस्थामा प्राप्त उपलब्धिको रक्षाका लागि आफूहरू एउटा कित्तामा उभिएको बताए । 

    नेपाली काग्रेसका कृष्णचन्द्र नेपालीले दलहरू संवैधानिक र राजनीतिक दुवै मोर्चामा असंवैधानिक कदमका विरुद्ध लड्ने बताए । 


    भौतिक पूर्वाधार तथा शहरी विकास तथा यातायात व्यवस्थामन्त्री रामशरण बस्नेतले राजनीतिक स्थिरताका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । 

    प्रदेशसभाको अर्को बैठक यही जेठ १७ गते अपराह्न १ बजे बस्नेछ । 

    साताको लोकप्रीय