नोकिया सी २० सार्वजनिक, विशेषता र मूल्य थाहा पाउनुहोस्  

नोकिया सी २० सार्वजनिक, विशेषता र मूल्य थाहा पाउनुहोस्  

अर्थ डबली
बिहिवार, जेठ २० २०७८
अर्थ डबली
बिहिवार, जेठ २० २०७८ (अर्काइभ बाट)
  • नोकिया सी २० सार्वजनिक, विशेषता र मूल्य थाहा पाउनुहोस्  

    काठमाडौँ / एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ ।

    images
    images

    लाइफ इज टु बि लिभ्ड नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११त्ः(गो एडिसन) र सुरक्षा अपडेट–सबै ११ हजार रुपैयाँ मूल्य अन्तर्गत–नोकिया सी २० ले तपाईँलाई त्यो सबै प्रदान गर्दछ ।

    प्रस्तुत गर्न सकिने तीन वटा छुट्टै स्मार्टफोन सिरिज मध्य एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँदछ । 

    यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रूपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ ।

    रवि कुँवर, महाप्रबन्धक–प्यान एसिया एचएमडी ग्लोबलले भने , “नोकिया फोनको सबै उपकरणहरुलाई एचएमडी ग्लोबलको सन्देश– लभ इट, ट्रस्ट इट र किप इटले दर्शाउँछ ।

    लभ इट–हामी उपकरणहरुको साथ अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रदान गर्दछौँ जसले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्दछ जसको कारण प्रशंसकहरु नोकिया फोनहरूप्रति अझै बढी आकर्षित हुन्छन् ।”

    उनले अगाडि भने “ट्रस्ट इट–हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट छन् जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरुलाई मानसिक शान्ति प्रदान गर्दछ ।

    किप इट–एचएमडी ग्लोबलले हार्डवेयरको मार्फत मात्र नभई सफ्टवेयर मार्फत पनि र २ वर्षको अपरेटिंग सिस्टम अपग्रेड्सका साथ फोनलाई अप–टु–डेट र फ्रेस एज न्यू बनाएर यसलाई सस्टेनेबल र ड्युरेबल बनाई लाइफ एक्सपेक्टेन्सी बढाउने कायम गरेको छ । जति लामो समय हामी हाम्रो फोनमा खर्च गर्छौँ त्यति नै यसले फोहोर व्यवस्थापनमा कमी ल्याएर नेपालको वातावरणमा राम्रो प्रभाव पार्नेछ ।”

    यो ह्यान्डसेटको साथ अविष्मरणीय पलहरु कैद गर्नुहोस्

    ५ एम्पीको फ्रन्ट र रियर क्यामेराको साथ तपाईँले लो लाइटमा पनिआफ्नो प्रियजनहरुसँग अविष्मरणीय पलहरू कैद गर्न सक्नुहुन्छ ।

    अगाडि र पछाडिको एलईडी फ्लासको मद्दतले तपाईँले यी महत्वपूर्ण क्षणहरुलाई बिहान देखि बेलुकासम्म आफ्नो चित्रहरु र सेल्फीहरुलाई उज्यालो बनाउँदै क्याप्चर गर्न सक्नुहुन्छ ।

    ठूलो ६.५ इन्चको एचडी+ स्क्रिनको साथ ३००० एमएएच ब्याट्रीको संयोजनले तपाईँ ब्याट्रीको चिन्ता बिना सम्पूर्ण दिन पूरा परिवारजनलाई नै मनोरञ्जन प्रदान गर्न सक्नुहुन्छ–केवल पोडकास्टमा प्लग गर्नुहोस्, क्लासिक फिल्ममा पप गर्नुहोस् वा तपाईँको मनपर्ने ट्युन सन्नुहोस् ।
    तपाईँलाई मन पराउनेहरुसँग बोल्न बढी समय खर्च गर्नुहोस् । दु्रत ४ जी का साथ, तपाईँ आफ्ना परिवारजनसँग फेसटाइममा इभन अन द मुभ सम्पर्कमा रहन सक्नुहुन्छ । 

    यसको अक्टा–कोर प्रोसेसर र लेटेस्ट अपरेटिंग सिस्टमको साथ तपाईँ चिजहरुलाई द्रुत रुपमा सम्पन्न गर्न सी २० मा भर पर्न सक्नुहुन्छ ।

    रिलाएबिलिटी स्टान्डर्डको रूपमा
    एक भरपर्दो फोनलाई यस्तो अपरेटिंग सिस्टमको आवश्यक पर्दछ जसमा तपाईँ सधैँ भर पर्न सक्नुहुन्छ ।

    एन्ड्रोइड ११(गो एडिसन)ले तपाईँको एप्लिकेशनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र शेयर गर्नको लागि छिटो र सजिलो बनाउँदछ । दुई वर्षका लागिसुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरुको साथ फोन सुरक्षित रहने कुरामा तपाईँ विश्वस्त रहन सक्नुहुन्छ ।

    कस्टम बिल्ड टु लास्ट 
    नर्डिक डिजाइनबाट अपेक्षा गर्नुभएको जस्तो, सी २० पातलो देखिदैँन, यो गुणस्तरिय सामग्रीबाट निर्मित छ र त्यसैले यो टेस्ट अफ टाइममा स्ट्यान्ड हुन्छ ।

    बलियो पोली कार्बोनेटको बडी–स्यान्ड र डार्क ब्लु रंगहरूको बिकल्पहरुमा–एक आकर्षक प्रस्तावको लागि अघि बढ्नुहोस् ।

    मूल्य निर्धारण र उपलब्धता
    स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २-३२ जीबीको कन्फिगुरेशनमा नेपाली बजारमा १० हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

    साताको लोकप्रीय