कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम स्थगित भएको हो ? 

कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम स्थगित भएको हो ? 

अर्थ डबली
मंगलवार, आषाढ १ २०७८
अर्थ डबली
मंगलवार, आषाढ १ २०७८ (अर्काइभ बाट)
  • कर्णाली प्रदेशसभा : नीति तथा कार्यक्रम स्थगित भएको हो ? 

    कर्णाली प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश सरकारले सरकारको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तुत गरेकोे वार्षिक नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । 

    images
    images

    आज असार १ गते नयाँ बजेट ल्याउनुपर्ने प्र्रदेश सरकारलार्ई संंवैधानिक बाध्यता छ तर नीति तथा कार्र्यक्रममाथिकोे छलफल सकिए पनि मुख्यमन्त्रीले जवाफ दिने र पारित गर्ने निर्धारित कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन भयो ।

    सांसदहरुले छलफलमाा भाग लिएलगत्तैै सभामुख राजबहादुर शाहीले बैठक असार १ गते दिउँँसो एक बजेसम्मका लागि स्थगन भएको घोषणा गरे । 

    सभामुख शाहीले दलीय सहमतिअनुसार बैठक स्थगन गरेको बताउनुभयो । सर्र्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली अन्तरिम आदेश दिएपछि सत्तापक्ष र प्रमुख प्र्रतिपक्षी दुुवै सकसमा छन् ।

    अदालतको पत्रअनुसार सभामुखले सोमबारको बैठकमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहने घोषणा  गरेका थिए । 

    साताको लोकप्रीय