पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • पुननिर्माणमा बजेटको अभाव हुँदैन : मन्त्री तामाङ

    काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गरेका छन् । 

    images
    images

    यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय  बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पुर्याएको थियो । 
     
    उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिए । उनले भने, “ पुननिर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ ।” 

    मन्त्री तामाङले  तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिए । 

    “पहिलो प्राथमिकता पीडितलाई अस्थायी बासको व्यवस्था गर्नु हो, स्थायी रूपमा पुनःनिर्माणको काम पनि साथ साथै अघि बढ्छ ।”

    साताको लोकप्रीय