सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

माथिल्लो तमोर जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । कूल लगानी करिब रु ६४ अर्ब रहेको छ । आयोजनाको कूल क्षमता २८४ मेगावाट छ। यस्तै, रु ३३ अर्ब ४१ करोड ४० लाख लगानी रहने तल्लो मनाङ मस्र्याङदी जलविद्युत् पनि लगानी स्वीकृत गरिएको छ ।

अर्थ डबली
मंगलवार, असार ८ २०७८
अर्थ डबली
मंगलवार, असार ८ २०७८ (अर्काइभ बाट)
  • सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

    काठमाडौं/ सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत गरेको छ । 

    images
    images

    बैठकले माथिल्लो तमोर जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । 
    सो आयोजनाको कूल लगानी करिब रु ६४ अर्ब (५४ करोड अमेरिकी डलर) रहेको छ । सो आयोजनाको कूल क्षमता २८४ मेगावाट रहेको छ ।

    लगानी बोर्डको आज बसेको बैठकले चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डिपिआर स्वीकृत गरेको हो ।


    बोर्डका प्रवक्ता भूपाल बरालका अनुसार डिपिआर स्वीकृतिसँगै अब विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न अनुमति समेत प्राप्त भएको छ ।

    यस्तै, रु ३३ अर्ब ४१ करोड ४० लाख लगानी रहने तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको पनि लगानी स्वीकृत गरिएको छ । सो आयोजनाको कूल क्षमता १३९.२ मेगावाट रहेको छ ।


    यस्तै, बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इण्डियासँग गरिने सम्झदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । सो आयोजानको क्षमता ६७९ मेगावाट रहेको छ ।


    बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत् आयोजानको विकास तथा लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

     सो समितिले आवश्यक खाका तयार पारी पेश गर्नेछ । त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना प्रवेश मार्गअन्तर्गत रहेको छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

    सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा त्यससँगै प्रसारण प्रणालीको समेत निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए । 

    त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देश गरेको  प्रवक्ता बरालले  बताए । 

    साताको लोकप्रीय