हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

अर्थ डबली
बिहिवार, आषाढ १० २०७८
अर्थ डबली
बिहिवार, आषाढ १० २०७८ (अर्काइभ बाट)
  • हेटौंडा उपमहानगरपालिकाद्वारा २ अर्ब ६० करोडको बजेट यस्ता छन् नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    आगामी आर्थिक वर्ष २०७८  ०७९ को लागि हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ ।  बजेटमा नीति तथा कार्यक्रमसँगै आज बसेको ९ औं नगरसभामा उपमेयर मिनाकुमारी लामाले प्रस्तुत गरेकी हुन् । यो बजेट उपमहानगरपालिकाको चालू आर्थिक वर्षको भन्दा ६ करोड ७६ लाख रुपैयाँ बढी बजेट हो । 

    images
    images


    आगामी आर्थिक वर्षका लागि आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १२ करोड ९८ लाख रुपैयाँ, सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ८ करोड ७६ लाख १० हजार रुपैयाँ, खेलकूद तथा मनोरञ्जन तर्फ ३ करोड ७२ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै महानगरपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम संचालनका लागि ३ करोड ७ लाख रुपैयाँ छुट्याएको छ । 


    यस्तैगरी नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले विपद् व्यवस्थापन र वाताबरण संरक्षण कार्यक्रमका ५ करोड ४४ लाख २२ हजार रुपैयाँ, शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको  कार्यक्रम संचालनका लागि ६३ करोड ९२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । 

    हेर्नुस् पूरा विवरण 

    साताको लोकप्रीय