अन्नपूर्ण गाउँपालिका :  कृषि, पर्यटन तथा पूर्वाधारमा जोड बजेट, ७५ करोड २५ लाख रुपैयाँ 

अन्नपूर्ण गाउँपालिका :  कृषि, पर्यटन तथा पूर्वाधारमा जोड बजेट, ७५ करोड २५ लाख रुपैयाँ 

अर्थ डबली
बिहिवार, असार १० २०७८
अर्थ डबली
बिहिवार, असार १० २०७८ (अर्काइभ बाट)
  • अन्नपूर्ण गाउँपालिका :  कृषि, पर्यटन तथा पूर्वाधारमा जोड बजेट, ७५ करोड २५ लाख रुपैयाँ 

    अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८ /  ०७९ को बजेट कोरोना कहरबाट रोजगारी गुमाएकालाई केन्द्रीत गर्दै बजेट ल्याएको छ ।

    images
    images

    उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको  गाउँपालिकाले चालुतर्फ रु ५३ करोड २० लाख ७८ हजार र पूँजीगत तर्फ २२ करोड ४ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 


    बजेटले गाउँपालिकाभित्र पूर्वाधार विकास अन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस्तै, लक्षित वर्ग तथा समुदायको सशक्तीकरण, खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिएको छ । 

    annapurna.JPG

    अन्नपूर्ण गाउँपालिकाले पूर्वाधार विकासतर्फ रु १६ करोड ९६ लाख २२ हजार बजेट विनियोजन गरेको छ भने, आर्थिक विकासतर्फ ४ करोड ४ लाख रुपैयाँ रहेको जनाएको छ । यस्तै, सामाजिक विकासतर्फ ४५ करोड ७३ लाख ७८ हजार विनियोजन गरिएको छ  । विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको  गाउँपालिकाले जनाएको छ । 

    त्यस्तै गाउाँपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ६३ लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ८ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट  क्षेत्रको रूपमा  घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण गर्न प्रोत्साहित गरिने लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।

    हेर्नुस् पूर्णपाठसहित

     

    साताको लोकप्रीय