भरतपुर महानगरपालिका : ४ अर्ब ८१ करोडको बजेट, कुन कुन क्षेत्रलई छुट्याईयो (पूर्णपाठ)

भरतपुर महानगरपालिका : ४ अर्ब ८१ करोडको बजेट, कुन कुन क्षेत्रलई छुट्याईयो (पूर्णपाठ)

अर्थ डबली
बिहिवार, आषाढ १० २०७८
अर्थ डबली
बिहिवार, आषाढ १० २०७८ (अर्काइभ बाट)
  • भरतपुर महानगरपालिका : ४ अर्ब ८१ करोडको बजेट,  कुन कुन क्षेत्रलई छुट्याईयो (पूर्णपाठ)

    भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८ र ७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । 

    images
    images


    मूख्य प्राथमिकतमा राखेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि २ करोड विनियोजन गरेको छ । 

    बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले महानगरपालिकाको आगामी नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन् । 

    बजेट व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत) ,अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट रु ३ करोड, सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

    bharatpur.JPG

    ठकुरीले आन्तरिक आय आर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी छन् । 

    अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ ।

     बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पूर्वाधार,उद्योग तथा वाणिज्य,सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखेको छ ।

    बजेटको पूर्ण पाठ पढ्नुस

     

    bharatpur 1.jpg

    bharatpur2.jpg

    bharatpur_budget-3.jpg

    bharatpur_budget-4.jpg

    bharatpur 5.jpg

    bharatpur_budget-6.jpg

    bharatpur_budget-8.jpg

    bharatpur_budget-9.jpg

    साताको लोकप्रीय