काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे

काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे

अर्थ डबली
शुक्रवार, असार ११ २०७८
अर्थ डबली
शुक्रवार, असार ११ २०७८ (अर्काइभ बाट)
  • काठमाडौँ–तराई-मधेस द्रुतमार्गको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि चिनियाँ टोली नेपाल आइपुगे

    निर्माणाधीन काठमाडौँ–तराई÷मधेस  द्रुतमार्गको  सुरुङमार्ग  र मोटरेबल पुल (हाइब्रिज)को डिजाइन तयार गर्न चिनियाँ निर्माण कम्पनीको प्राविधिक टोली नेपाल आइपुगेको छ ।

    images
    images

    द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएका नेपाली सेनाका प्रवक्ता  सन्तोषबल्लभ  पौड्यालले द्रुतमार्गको धेद्रे–लेनडाँडा खण्डमा सुरुङमार्ग र  हाइब्रिज निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इन्जिनियरिङ  कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको १४ जनाको प्राविधिक टोली काठमाडौँ आइपुगेको जानकारी दिए ।

    सेनाको  समन्वयमा  चीनको  ग्वान्जाओबाट चार्टर्ड  उडानमार्फत  सो  विशेषज्ञ  टोली काठमाडौँ आइपुगेको हो । उनका  अनुसार  स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयले  लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरी प्राविधिक टोली क्वारेन्टाइनमा बस्ने छ र कोरोना परीक्षण गरी पीसीआर रिपोर्ट निगेटिभ आएपछि मात्र टोली कार्य क्षेत्रतर्फ पस्थान गर्नेछ ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    साताको लोकप्रीय