माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा  विस्तार, शाखा सञ्जाल १६१ पुग्यो 

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा  विस्तार, शाखा सञ्जाल १६१ पुग्यो 

अर्थ डबली
बुधवार, असार १६ २०७८
अर्थ डबली
बुधवार, असार १६ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको नयाँ शाखा सिरहा  विस्तार, शाखा सञ्जाल १६१ पुग्यो 

    काठमाडौं / माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा आफनो शाखा विस्तार गरेको छ । सिरहा शाखा कार्यालयको समुद्घाटन गर्दै आजबाट सञ्चालनमा ल्याए बैंकले जनाएको छ । 

    images
    images
    images

    सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको ं माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष  डा. बिरेन्द प्रसाद महतोे  एंव  सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा  समुद्घाटन गरेका हुन् । 

    सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाख सगैँ सिरहा जिल्लामा मात्रै बैंकको  ६ वटा शाखा सञ्चालनमा रहेको छ ।

    माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गरिरहेको छ । मुलुककै अग्रणी स्थानको बैंक ं माछापुच्छ्रे बैंकले नयाँ शाखाहरुमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ । 

    बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा  प्रवाह गरिरहेको छ । बैंकले ३२६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।  

     

     

    साताको लोकप्रीय