माछापुच्छ्रे बैंकले ३० लाख कित्ता डिबेञ्चर निष्काशन गर्न पायो स्वीकृति, ब्याजदर कति हुनेछ ? 

माछापुच्छ्रे बैंकले ३० लाख कित्ता डिबेञ्चर निष्काशन गर्न पायो स्वीकृति, ब्याजदर कति हुनेछ ? 

अर्थ डबली
बुधवार, असार १६ २०७८
अर्थ डबली
बुधवार, असार १६ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकले ३० लाख कित्ता डिबेञ्चर निष्काशन गर्न पायो स्वीकृति, ब्याजदर कति हुनेछ ? 

    काठमाडौं / माछापुुच्छ्रे बैंक लिमिटेडले ३० लाख कित्ता डिबेञ्चर निष्काशन गर्न स्वीकृति पाएको छ । 

    images
    images

    नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा उक्त डिबेञ्चर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवन) ले स्वीकृति प्रदान गरेको हो । 

    बैंकले जारी गर्ने ३० लाख कित्ता डिबेञ्चरमध्ये १२ लाख कित्ता डिबेञ्चर सार्वजनिक निष्काशन गर्न तथा १८ लाख कित्ता डिबेञ्चर व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ।
     
    १० बर्षे अवधिको ८.५० प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र एक हजार रुपैयाँ दरको डिबेञ्चर निष्काशनका लागि सेवनले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।

    साताको लोकप्रीय