[ बहस ] पर्यटन बोर्डले बजेट कार्यक्रम कसरी बनाउँदै छ ? यस्तो छ विज्ञको सुझाव

[ बहस ] पर्यटन बोर्डले बजेट कार्यक्रम कसरी बनाउँदै छ ? यस्तो छ विज्ञको सुझाव

अर्थ डबली
शुक्रवार, असार १८ २०७८
अर्थ डबली
शुक्रवार, असार १८ २०७८ (अर्काइभ बाट)
  • [ बहस ] पर्यटन बोर्डले बजेट कार्यक्रम कसरी बनाउँदै छ ? यस्तो छ विज्ञको सुझाव

    पर्यटन क्षेत्रका विज्ञहरूले कोभिड– १९ बाट थलिएको मुलुकको पर्यटनलाई पुनरुत्थान गर्न सङघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।  उनीहरुले यो सयममा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकारसमेत खुम्चिने भन्दै भएको बजेटबाट सीमित तर प्रभावकारी काम गर्नसमेत बोर्डलाई अनुरोध गरेको हो । 

    images
    images

    बोर्डले आव २०७८ र ७९ को बजेटका सन्दर्भमा बिहीबार आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा धारणा राख्दै विज्ञहरूले पहिले बोर्डलाई बचाउने र त्यसपछि सीमित स्रोतको अधिकतम प्रयोग हुने गरी कार्यक्रम तर्जुमा गर्न गर्नुपर्ने बताए । 

    स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानुपर्नेमा उनीहरुको जोड थियो । 

    पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालः 

    वर्तमान विषम परस्थितिमा पर्यटन प्रवद्र्धन गर्न सङ्घीय सरकारले बोर्डलाई अनुदान दिनुपर्नेछ । समस्यामा परेको समय सहयोग गर्ने र भएको समय लिने गरी अगाडि नबढे पर्यटन प्रवद्र्धनमा आर्थिक समस्या आउने र सम्रग पर्यटन क्षेत्र प्रभावित हुनेछ । 

    विज्ञ डा. विष्णुप्रसाद गौतमः 

    विगतमा भएका कार्यको समीक्षा गर्दै तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउनुपर्ने हुन्छ । 

    विज्ञ डा. प्रेम शर्माः

    तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने खालको बजेट बनाउनुपर्दछ । 

    यस्तै विज्ञहरू प्राध्यापक डा सोमप्रसाद खतिवडा, रामचन्द्र सेढाइँ, चेतनाथ कँडेल तथा सूर्यकिरण श्रेष्ठले बोर्डले सरोकारवालाई समेटेर कम्तीमा दुईदेखि तीन वर्षको ‘रिकभरी’ र ‘रिभाइवल’ योजना बनाउनुपर्ने र सोहीअनुरुप पर्यटन प्रवद्र्धनका कार्य अगाडि बढाउनुपर्ने बताए । 


    यस्तै विज्ञहरू डा आलोक राई, रमेश उपाध्याय र पशुपति न्यौपाने र ज्ञानेन्द्ररत्न तुलाधरले कोभिड चुनौतीसँगै अवसर पनि भएकाले यो समयमा जनशक्ति विकास, पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताए । 

    यसैगरी पर्यटन व्यवसायी विजय अमात्य, विक्रम पाँडे काजी र सिएन पाण्डेले स्रोतको कमी भएको अवस्थामा प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्नुहुँदै  पूर्वाधारभन्दा नयाँ पर्यटकीय प्रडक्ट र बजारीकरणलाई जोड दिनेगरी बजेट बनाउन बोर्डलाई आग्रह  गरे ।

    बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालः 

    कोभिडका कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सीमित साधनबाट अधिकतम काम गर्ने गरी आफूहरूले तयारी गरिरहेको बताए । 

    बोर्डको स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजकसमेत हुँ । 

    विज्ञहरूका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने छ । थोरै बजेट भए पनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजनामा बोर्ड रहेको र विज्ञहरूका सुझावले बजेट निर्माणमा सहयोग पुग्ने कुरामा विस्वस्त छु । 

    यस्तै बोर्डका अर्का सदस्य कृष्ण शाह तथा पम्फा पौडेल धमलाले कठिन परस्थितिमा पनि बोर्डले स्रोत व्यवस्थापनका लागि विभिन्न निकायहरूसँग समन्वय गरिरहेको जानकारी दिए । साथै उनीहरूले बोर्डले स्रोत खुम्चिएको अवस्थामा सरकारसँग सहयोगको अपेक्षा गरेको समेत बताए । 

    यसैबीच बिहीबार नै बोर्डले बजेटका सन्दर्भमा पर्यटन विषयमा कलम चलाउने सञ्चारकर्मीसँग पनि अन्तक्र्रिया आयोजना गरेको थियो । 

    कार्यक्रममा पत्रकारले स्रोतको अभावका समयमा सीमित तर प्रभावकारी योजनामा मात्र रकम खर्च गर्न, डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन बोर्डलाई सुझाव दिए । 

    यस्तै प्रादेशिकरूपमा सबै प्रदेशमा केही हुने गरी बजेट बनाउन र प्रवद्र्धनका कार्यक्रम ल्याउन उनहरुको सुझाव थियो ।

    साताको लोकप्रीय