भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड

भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड

अर्थ डबली
बुधवार, मंसिर १० २०७७
अर्थ डबली
बुधवार, मंसिर १० २०७७ (अर्काइभ बाट)
  • भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड

    टोकियो जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । 

    images
    images

    साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने बारेमा पनि दुबै देशबीच सहमति भएको छ ।  

    जापान भ्रमणमा रहेका भएका चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका जापानी समकक्षी तोसिमिचु मोटेगीले दुबै देशबीच व्यापारिक, व्यावसायिक यात्रा पुनः शुरु गर्ने निर्णय भएको छ । 

    विश्वमा हाल चीन दोस्रो तथा जापान तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । 

    जापान र चीनबीच यसै महिनाको अन्त्यदेखि व्यावसायिक यात्रा शुरु हुनेछ जहाँ व्यापारिक एवं व्यावसायिक व्यक्तिहरुका लागि १४ दिने क्वारेन्टाइनका नियम लागू हुने छैनन् । 

    जापानले यस्तै नियम सिंगापुर, दक्षिण कोरिया र भियतनामका लागि लागू गरिसकेको छ । 

    यद्यपी जापानमा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमणको दर केही बढेको देखिएको छ । सरकारले रोग नियन्त्रण र आर्थिक कृयाकलापलाई सँगसँगै लैजाने नीति अबलम्बन गरिरहेको छ । 

    चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जापानका विदेशमन्त्री मोटेगीले भन्नुभयो, “नयाँ सहमतिहरुले जापान र चीनबीचको व्यावसायिक सम्बन्ध अघि बढाउन निकै योगदान गर्नेछ । जापान–चीनबीचको स्थायित्वले दुई देशबीच मात्र नभई यस क्षेत्रकै लागि यो उपयोगीसिद्ध हुनेछ ।”

    कोरोनाभाइरस महामारी फैलनुअघि जापान भ्रमण गर्ने विदेशीहरुमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी थियो । 

    दुई देशबीचको सम्बन्ध खासगरी भूमि विवाद र युद्धकालीन इतिहासलाई लिएर संकटमा पर्ने गरेको छ । तर पछिल्ला केही वर्षदेखि दुबै देशबीचको सम्बन्धमा व्यापक सुधार आएको छ । 

    र चीन र संयुक्तराज्य अमेरिकाबीच व्यापार युद्ध शुरु भएपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधार आएको छ । 

    अमेरिकाका एउटा प्रमुख मित्रराष्ट्रका रुपमा रहेको जापानले चीनलाई अहिले मुख्य व्यापारिक साझेदारका रुपमा लिन थालेको छ । 

    जापानले चीन र अमेरिका दुबैसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुपर्ने कठिन चुनौती छ ।

    साताको लोकप्रीय