भारतको अर्थतन्त्र खुम्चियो, अक्टोबरमा बेरोजगारी दर ६.९८ पुग्यो

भारतको अर्थतन्त्र खुम्चियो, अक्टोबरमा बेरोजगारी दर ६.९८ पुग्यो

अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७ (अर्काइभ बाट)
  • भारतको अर्थतन्त्र खुम्चियो, अक्टोबरमा बेरोजगारी दर ६.९८ पुग्यो

    कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

    images
    images
    images

    सोमबार साँझ जारी गरिएको सीएमआईईको तथ्याङ्कका अनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भए पनि अक्टूबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ ।

    शहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ । 

    त्यस्तै ग्रामिण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले बताएको छ ।

    रोजगार सङ्ख्याको विपरीत अब्टोबरमा सामान तथा सेवा कर सङ्कलनमा फेब्रुवरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ । 

    साताको लोकप्रीय