काठमाडौँ / नेपाल बंगलादेश बैंंकले किसानका लागि किसान कृषि लोन कार्ड वितरण गरेको छ । बैंकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको हो ।
नेपाल बंगलादेश बैंक, आर एण्ड डि इनोभेटीभ सोलुसन प्रालि, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समितिबीच भएको चौँ–पक्षिय सम्झौताअनुसार कृषि लोन कार्ड वितरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले प्रदान गरेको सो किसान कार्ड गाँउपालिकाको अध्यक्ष बिदुर हुमागाईंबाट हस्तान्तरण गरी यही असार २५ गतेबाट लगानीको शुरुवात गरिएको हो ।
बैंकका अनुसार यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका ३ का २५ जना कृषकहरूले लाभ लिन सक्नेछन् ।
उक्त योजनाअन्तर्गत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् ।
उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यू आर कोडबाट भुक्तानी गर्न सक्नेछन् । नगद रहित बिद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले बताएको छ ।