युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट,  पाँच लाख ८० हजार ५०० जनाले पाए शेयर 

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट,  पाँच लाख ८० हजार ५०० जनाले पाए शेयर 

अर्थ डबली
बिहिवार, असार ३१ २०७८
अर्थ डबली
बिहिवार, असार ३१ २०७८ (अर्काइभ बाट)
  • युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट,  पाँच लाख ८० हजार ५०० जनाले पाए शेयर 

    काठमाडौँ / युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो ।

    images
    images

    कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए ।

    आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ । 

    योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ । आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन् । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको  थियो ।

    साताको लोकप्रीय