नाडा प्रतिनिधि र बाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागबीच यस्ता विषयमा छलफल 

नाडा प्रतिनिधि र बाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागबीच यस्ता विषयमा छलफल 

अर्थ डबली
बिहिवार, असार २४ २०७८
अर्थ डबली
बिहिवार, असार २४ २०७८ (अर्काइभ बाट)
  • नाडा प्रतिनिधि र बाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागबीच यस्ता विषयमा छलफल 

    काठमाडौं / बाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड १९ को कारण ठूलो समस्यामा परिरहेका व्यवसायीहरुको  सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडा अटो मोवाइल्स एसोशिएशन अफ नेपालले जनाएको छ ।  

    images
    images

    नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ जनाको  प्रतिनिधि मण्डलले हिजो २३ गते बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा पनि छलफल गरेकोे हो । 

    उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरे । 

    छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखिएका समस्याहरुबारे अवगत गराए । 

    त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नविकरण ५ बर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने टिप्पणी गरे । यस्ते,  नयाँ एक्जीम कोड लिदा बैङ्क ग्यारेण्टी राख्नु पर्ने भएपनि पुराना फर्महरुले बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे । 

    छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतिले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । 
    नाडा प्रतिनिधिका कुरा सुनेपछि विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा ज्वलन्त रुपमा के के समस्याहरु छन त्यसलाई बुँदागत रुपमा विभागमा पठाउन प्रतिनिधिलाई आग्रह गरे । 

    विभागकोतर्फबाट विभागका प्रवक्ता शिवराज सेँढाई समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।                                                                     

    साताको लोकप्रीय