अर्थमन्त्री शर्मा तथा नाडा प्रतिनिधिबिच छलफल, यी विषयमा छलफल 

अर्थमन्त्री शर्मा तथा नाडा प्रतिनिधिबिच छलफल, यी विषयमा छलफल 

अर्थ डबली
शुक्रवार, साउन १ २०७८
अर्थ डबली
शुक्रवार, साउन १ २०७८ (अर्काइभ बाट)
  • अर्थमन्त्री शर्मा तथा नाडा प्रतिनिधिबिच छलफल, यी विषयमा छलफल 

    काठमाडौँ / नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको ५ सदसिय नाडा प्रतिनिधि मण्डलले २०७८ साल आषाढ ३१ गते नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । 

    images
    images

    भेटमा नाडा प्रतिनिधि र अर्थमन्त्री शर्माले अटोमोवाइल व्यवसायका सम सामयिक विषयहरूमा समेत छलफल गरेको छ । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको भन्नु हुदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरुबारे आफनो धारणा राखेका थिए । 

    उनले अटोमोवाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरूका लागि छिटो कोभिडविरुद्धको खोपको व्यवस्था गरिदिनसमेत आग्रह गरेका छन् 

    नेपालमा लोकलमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरू बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरू आयात गर्न सकिने व्यवस्थाका गर्न अर्थमन्त्रीलाई नाडाले आग्रह गरेको छ । 

    छलफलमा अध्यक्ष दुलालले आउदो २०७८/७९ को मौद्रिक नीति अटोमोवाइल व्यवसायीमैत्री आउने आशा व्यक्त गरेका थिए । यसैगरी उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरूको विक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३/७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिए । 

    nada news.JPG

    नेपालको सार्वजनिक यातायात राम्रोसंग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको कुरा राखे । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए । 

    उक्त छलफलमा माननीय अर्थ मन्त्री जनार्दन शर्माले सरकारले सवै नेपाली जनतालाई नै सर्वसुलभ रूपमा खोप उपलब्ध गराउने जानकारी दिदैँ नेपाल मै अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह समेत गर्दे त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिए । 

    त्यसै क्रममा उहाले नेपालको अटोमोवाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सवै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरुलाई आग्रह गरे । सो छलफलमा नाडाका सचिव अनुप बराल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतकोसमेतको उपस्थिति रहेको थियो ।                                                                     
                                    

    साताको लोकप्रीय