एक काबिल सचिव मैनालीले लिए ३९ वर्ष ८ महिनापछि अनिवार्य अवकाश

एक काबिल सचिव मैनालीले लिए ३९ वर्ष ८ महिनापछि अनिवार्य अवकाश

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • एक काबिल सचिव मैनालीले लिए ३९ वर्ष ८ महिनापछि अनिवार्य अवकाश

    काठमाडौँ /  नेपाल सरकारका विभिन्न निकायमा रही ३९ बर्ष ८ महिना १९ दिन बिताएका उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनाली सेवा निवृत्त भएका छन् । 

    images
    images

     पाँच वर्षमा नौं ठाउँ सरुवा हुँदा पनि अविचलित रहे कहिल्यै हतास नभएको उनका जानकारहरु बताउँछन् । चारैतिर प्रतिकूल परिस्थिती हुँदा पनि निर्वाचन आयोग, शिक्षा मन्त्रालय महालेखानियन्त्रक कार्यालयमा सुशासनको पक्षमा खरो उत्रिएका व्यक्ति मानिन्छन् । 

    एक काबिल सचिवमाथि पटक– पटक सरुवाको दण्ड चलाएर अन्याय हुँदा पनि राजनीतिक नेतृत्वले कहिल्यै लाज मानेन ।  

    सरकारका विभिन्न निकायमा रही सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मैनालीलाई उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्द बहादुर पुनले दोसल्ला ओडाई फूलमाला र उपहारसहित बिदाई गरिएको थियो ।

    gopi mainali 3.JPG

    सो अवसरमा उपराष्ट्रपति पुनले सधैँभरी  राष्ट्रसेवामा समर्पित व्यक्तिलाई बिदा गर्नुपर्दा आफूलाई नरमाइलो लागेको  बताए । उनले मैनाली जस्ता इमान्दार र कर्तव्यनिष्ठ कर्मचारी राष्ट्रका लागि सधैँ खाँचो पर्ने बताए। 

    अवकाशसँगै सचिव मैनालीले सेवामा रहँदा आफूलाई मार्गदर्शन गर्ने, सहयोग गर्ने र साथ रहने सवैप्रति धन्यवाद दिएका छन् ।

    लामो समय बिताएको पेसाबाट अलग हुँदा संवेगात्मक बनेको भन्दै उनले सामान्य परिवारमा जन्मेर हिमाल, तराई, पहाड, अग्र पङ्क्तिका कार्यालयदेखि नीति निर्माणको तहसम्म रहेर काम गर्ने अवसर पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताए । 

    निर्वाचन आयोगमा हुँदा निकै चर्चा बटुलेका मैनालीले काम गरेका सबै निकायमा निकै महत्त्वपूर्ण काम गरेको मानिन्छ । आफूले जिम्मेवारी लिईएको निकायमा जनताप्रति उत्तरदायी कार्य गरे बापत विभिन्न सम्मान तथा पुरस्कार तथा प्रशंसा बटुलेका छन् । तर, कहिलेकाँही राजनीतिक खिचतानी पेचिलो बन्दा उनी उत्कृष्ट कार्य गर्दागर्दै खास अवसरबाट छेउ पारिएको पनि मिडियामा चर्चा बनेको थियो ।

    gopi mainali 2.JPG

    सामान्यतया कर्मचारीहरु सानो प्राप्तिमा निर्णयकर्ताको भक्त भैहाल्ने र सानो अप्ठेरोमा पुरै बिचलित हुने खालका हुन्छन् ।

    मैनाली पाँच वर्ष अघि सचिव भएका उनी क्षेत्रीय प्रशासन कार्यालय पोखरा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, पशुपन्छी, भूमिसुधार र सहकारी, महालेखापरीक्षकको कार्यालय, शिक्षा मन्त्रालय हुँदै उपराष्ट्रपतिको कार्यालयमा खटिइएका थिए । 

    मैनाली एक आर्थिक प्रशासनिक तथा सामाजिक विषयमा कलम चलाउने लेखक समेत हुन् । अर्थ डबली का लागि समेत नियमित स्तम्भ लेख्छन् । उनका सार्वजनिक प्रशासन सम्बन्धी कैयन् पुस्तकहरू प्रकाशन भएका छन् । आफूलाई सार्वजनिक सेवाकाल पछि अध्ययन तथा लेखनमै विताउने उनले बताए । 

     

    साताको लोकप्रीय