सङ्क्रमणबाट निधन हुनेको तथ्याङ्क मिलान

सङ्क्रमणबाट निधन हुनेको तथ्याङ्क मिलान

अर्थ डबली
बुधवार, फागुन १२ २०७७
अर्थ डबली
बुधवार, फागुन १२ २०७७ (अर्काइभ बाट)
  • सङ्क्रमणबाट निधन हुनेको तथ्याङ्क मिलान

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट निधन हुनेको सङ्ख्यामा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्कसँग मिलान गरेको छ । 

    images
    images

    मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताए । 

    योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन् । मङ्गलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका सङ्क्रमितको तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् । 

    उनले मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्याङ्क विश्लेषण गर्दा ६१८ जना थपिएका जानकारी दिए । ‘सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो’, उनले भने , “सिसिएमसीले प्रस्तुत गरेको तथ्याङ्कमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।’ सङ्क्रमणबाट निधन भएका सङ्ख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो । 

    सोही समितिले कोभिड–१९ बाट निधन भएका कुन हुने र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ सङ्ख्याको निकालिएको हो । उहाँले विश्लेषणका आधारमा भविष्यमा पनि निधन सङ्ख्या थपघट हुनसक्ने बताए । 

    नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना सङ्क्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् ।   

    साताको लोकप्रीय