प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५ मत र विपक्षमा ८३ मत 

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५ मत र विपक्षमा ८३ मत 

अर्थ डबली
आइतवार, श्रावण ३ २०७८
अर्थ डबली
आइतवार, श्रावण ३ २०७८ (अर्काइभ बाट)
  • प्रधानमन्त्री देउवाले पाए विश्वासको मत : पक्षमा १६५ मत र विपक्षमा ८३ मत 

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। 

    images
    images

    सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति देउवाले एक साता नबित्दै प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । 

    आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।  

    सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् । उनले एकजना सांसदले मतदान नगरेको जानकारी दिएका छन् । 

    प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् ।

    सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । 

    प्रतिनिधिसभामा नेकपा ९एमाले०का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् । 

    गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

    साताको लोकप्रीय