नेपाल राष्ट्र बैंकले आज १७ अर्बको ट्रेजरी बिल विक्री गर्दै

नेपाल राष्ट्र बैंकले आज १७ अर्बको ट्रेजरी बिल विक्री गर्दै

अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७
अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७ (अर्काइभ बाट)
  • नेपाल राष्ट्र बैंकले आज १७ अर्बको ट्रेजरी बिल विक्री गर्दै

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले सोमवार रू. १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । 

    images
    images

    केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट विक्री गर्न लागिएको हो ।

    बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रू.५ अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि विक्री गरिनेछ । 

    उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रू. १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ । 

    उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रू. १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि विक्री गर्न लागिएको हो । 

    उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते रू.१ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

    रासस

    साताको लोकप्रीय