गर्मी महिनामा यसरी गर्नुहोस् छालाको सुरक्षा ? यसरी सुन्दर र स्वस्थ रहनुस

गर्मी महिनामा यसरी गर्नुहोस् छालाको सुरक्षा ? यसरी सुन्दर र स्वस्थ रहनुस

अर्थ डबली
सोमवार, साउन ४ २०७८
अर्थ डबली
सोमवार, साउन ४ २०७८ (अर्काइभ बाट)
  • गर्मी महिनामा यसरी गर्नुहोस् छालाको सुरक्षा ? यसरी सुन्दर र स्वस्थ  रहनुस

    गर्मी मौसममा छालामा पनि विभिन्न प्रकारका समस्या आउन सक्छन् । अझै गर्मीमा धूवाँ, प्रदूषण एवम् चर्को घामको समस्या बढी हुन्छ । त्यसैले छालाको सौन्दर्य कायम राख्न यस्ता समस्याबाट जोगिनु आवश्यक हुन्छ । 

    images
    images

    गर्मी मौसममा छालाको सुरक्षाको लागि तलका उपयाहरु अपनाउन सकिन्छः 

    घरमा बस्दा होस् वा बाहिर निस्कँदा गर्मी मौसममा अनिवार्य नै छ । गर्मीमा कृत्रिम प्रकाशले पनि छालामा असर पुर्‍याउँछ । 

    सोझै घामको किरण नपरे पनि रेडिएशन घरभित्र पनि हुन्छ । यसैगरी भान्सामा काम गर्दा ग्यासको तापले छालामा असर पु¥याउँछ । त्यसकारण घरभित्र पनि लोसन प्रयोग गर्नु जरुरी हुन्छ ।

    खानपानमा ध्यान पुर्‍याइएन भने जति नै हेरचाह गरे पनि छाला स्वस्थ रहँदैन । शरीर स्वस्थ नभए सौन्दर्य प्रशोधनको प्रयोगले मात्र सकारात्मक प्रभाव पार्न सक्दैन । यसकारण स्वस्थ खानामा ध्यान दिनु अत्यन्त आवश्यक छ । छालालाई स्वस्थ राख्न खानपानको ठूलो भूमिका हुन्छ ।

    छालाको स्वास्थ्यका लागि सन्तुलित वा पौष्टिक आहारको आवश्यकता पर्छ । गर्मीमा धेरै चिल्लो पदार्थ खानु हुँदैन । शरीरले सजिलै पचाउन सक्ने हलुका खाना खानुपर्छ । मौसमी तरकारी, रसिला खानेकुरा, तरबुजा, खरबुजा, आँप, लिची आदिको सेवन बढाउनुपर्छ । प्रशस्त मात्रामा पानीका साथै जुस, कागती पानी तथा अन्य तरल पदार्थ पिउनुपर्छ ।

    गर्मी मौसममा छालाको नियमित डिप क्लिञ्जिङ आवश्यक हुन्छ । दैनिक दुई पटक एलोबेरा, लेमन, मिल्क एक्सट्रेक्ट, पिपरमिण्ट आदिबाट बनेको फेसवासले क्लिञ्जिङ गर्नुपर्छ । त्यसपछि टोनिङ गर्दा छाला मुलायम एवम् चम्किलो हुन्छ । क्लिञ्जिङपछि धूलोको कण बाहिर निस्किएर छाला सफा हुन्छ । क्लिञ्जिङले छालालाई आवश्यक पोषण प्रदान गर्छ ।

    गर्मीले गर्दा छालामा देखापर्ने अर्को समस्या घमौरा हो । गर्मीमा छाला निकै संवेदनशील हुने भएकाले यसबाट जोगिने उपाय अपनाउनु आवश्यक हुन्छ । घामले गर्दा छाला रातो हुँदै जान्छ र त्यसमा स–साना फोका देखापर्छन् ।

    त्यसबाट बच्न बाहिर हिँड्दा छालालाई सकेसम्म घामबाट जोगाउनुपर्छ । चर्को घाममा हिँड्नु हुँदैन । चिसो पानीले दैनिक नुहाउँदा पनि घमौराबाट जोगिन सकिन्छ । लामो समयसम्म पनि घमौराको समस्या समाधान नभए विशेषज्ञको सल्लाह लिनुपर्छ ।

    beautyfull girl2.JPG

    गर्मीमा अल्ट्राभोइलेट किरण सोझै छालामा पर्छ, जसका कारण छालामा विभिन्न प्रकारका समस्या देखापर्छन् । सनवर्नले छालामा कालो धब्बा, चाउरी तथा दागको समस्या उत्पन्न हुन्छ । त्यसैले, गर्मीमा दैनिक सनस्क्रिन लगाउनुपर्छ ।

    सनबर्नबाट जोगिन घरबाहिर निस्कनुअघि सनस्क्रिन लोसन प्रयोग गर्नुपर्छ । घरमै बस्दा पनि सनस्किन लगाउनु आवश्यक हुन्छ । घामको हानिकारक किरणबाट जोगिन एसपीएफ १५ युक्त लोसन लगाउनु उत्तम हुन्छ ।

    गर्मीमा छालाको चमकमा कमी आउँछ । यसका लागि बडी लोसन प्रयोग गर्नु उपयुक्त हुन्छ । यो मौसममा छालाको चमक हराउँछ । छालाको चमक पुनः प्राप्त गर्न बडी पोलिस आवश्यक छ । बडी पोलिसमा पूरा शरीरमा पोलिस गरिन्छ । पोलिसमा गुणस्तरीय प्रोडक्ट प्रयोग गर्नुपर्छ । यसका लागि बडी क्रिम, बडी वेल, बडी साल्ट, बाम, बडी प्याक तथा एक्सफोलिएशन क्रिम प्रयोग गरिन्छ । बडी स्क्रब पनि पोलिसकै एक हिस्सा हो । यसले छालाको रोमछिद्रमा हुने फोहोर सफा गर्छ । 

    bihan0.JPG

    फलफूलको तेल, टुक्रा वा ओटमिलबाट बनेको स्क्रबले छालाको चमकमा निखारता ल्याउँछ । यसका अतिरिक्त कुनै फूलको रस शरीरभरि लगाउन सकिन्छ । यसले औषधिको काम गर्छ । यो प्राकृतिक उपचार विधि हो ।

    बडी पोलिसिङ गर्दा सर्वप्रथम शरीरको नर्मल क्लिञ्जिङ गर्नुपर्छ । त्यसपछि शरीरमा स्क्रब गरिन्छ । यो स्क्रब अनुहारमा प्रयोग गरिने स्क्रबझैं अति नरम हुन्छ । एकदमै हल्का हातले स्क्रब गर्नुपर्छ । यसरी स्क्रब गर्दा मृतकोष बाहिर निस्कन्छ । स्क्रबपछि वाफ लिनुपर्छ अनि बाम लगाउनुपर्छ ।

    यस क्रममा कागती वा भेजिटेबल जुस, टमाटर आदिले मसाज गरिन्छ । त्यसपछि अल्ट्रासोनिक मेशिनले भिटामिन न्युट्रिसन छालाको भित्रसम्म पु¥याउँछ । क्रिमले गरिएको मसाजले शरीर नरम हुन्छ । यो प्रक्रियापछि शरीरलाई फाइल पेपरले ¥याप गनुपर्छ । त्यसमाथि पानीमा भिजाइएको तौलिया राख्नुहोस् । २० मिनेटपछि तौलिया निकालेर शरीर सफा गरेपछि बडी पोलिसिङको प्रक्रिया पूरा हुन्छ ।

    साताको लोकप्रीय